पोखरामा बसेर व्यवसाय गर्दै आएका युवराज खतिवडाले फेवातालको सिरान क्षेत्रस्थित सिमसार पुर्ने काम नरोकेपछि कास्की प्रहरीद्वारा पक्राउ परे ।
सोमबार दिउँसो सिमसार क्षेत्रमा माटो र गिटी हालेर पुरिरहेको अवस्थामा रोक्न गएको प्रहरी टोली र रिपोर्टिङमा पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई हाल पोखरा–५ बस्ने ३७ वर्षीय खतिवडाले प्रहरीको निर्देशन अटेर गरेका थिए। साविक माओवादी केन्द्र निकट खतिवडाले शक्तिको दुरुपयोग गर्दै फेवातालको सिमसार क्षेत्र पुर्दै आएको आरोप उनीमाथि छ ।
सोमबार दिउँसो प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका गाडीका चाबी खोसेपछि उनले अर्को चाबी ल्याएर जबर्जस्ती गाडी सञ्चालन गर्ने प्रयास गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको बताएका छन् ।
प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका टिपरसमेत नियन्त्रणमा लिएको छ।
अवैध रूपमा डोजर चलाउने र सिमसार पुर्ने व्यक्तिलाई कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको एक प्रहरी अधिकृत बताउँछन्।
खतिवडा यसअघि पनि पटकपटक फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यमा संलग्न हुँदै आएका थिए। सिमसार क्षेत्र मास्न नपाइने सरकारी नीतिका कारण उनी फेवातालको सिमसार पुर्न थालेयता दर्जनौं पटक पक्राउ परेका छन्।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला