पोखरामा बसेर व्यवसाय गर्दै आएका युवराज खतिवडाले फेवातालको सिरान क्षेत्रस्थित सिमसार पुर्ने काम नरोकेपछि कास्की प्रहरीद्वारा पक्राउ परे ।
सोमबार दिउँसो सिमसार क्षेत्रमा माटो र गिटी हालेर पुरिरहेको अवस्थामा रोक्न गएको प्रहरी टोली र रिपोर्टिङमा पुगेका पत्रकारमाथि दुर्व्यवहार गरेपछि उनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टे घर भई हाल पोखरा–५ बस्ने ३७ वर्षीय खतिवडाले प्रहरीको निर्देशन अटेर गरेका थिए। साविक माओवादी केन्द्र निकट खतिवडाले शक्तिको दुरुपयोग गर्दै फेवातालको सिमसार क्षेत्र पुर्दै आएको आरोप उनीमाथि छ ।
सोमबार दिउँसो प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका गाडीका चाबी खोसेपछि उनले अर्को चाबी ल्याएर जबर्जस्ती गाडी सञ्चालन गर्ने प्रयास गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएको बताएका छन् ।
प्रहरीले सिमसार पुर्न प्रयोग गरिएका टिपरसमेत नियन्त्रणमा लिएको छ।
अवैध रूपमा डोजर चलाउने र सिमसार पुर्ने व्यक्तिलाई कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको एक प्रहरी अधिकृत बताउँछन्।
खतिवडा यसअघि पनि पटकपटक फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यमा संलग्न हुँदै आएका थिए। सिमसार क्षेत्र मास्न नपाइने सरकारी नीतिका कारण उनी फेवातालको सिमसार पुर्न थालेयता दर्जनौं पटक पक्राउ परेका छन्।
सम्बन्धित खबर
फेवातालको सिमसार पुर्ने युवराज खतिवडालाई अभद्र व्यवहारको कसुरमा मुद्दा
पोखरा विमानस्थलमा ट्याक्सी चालकको दादागिरी, यात्रुसँग अभद्र व्यवहार गर्ने ५ जना कारबाहीमा
प्रतिभा मावि १८ औं हिसान कास्की स्पोर्ट्स मीट च्याम्पियन, लगातार ४ वर्ष उपाधि जित्न सफल
हिमालय क्रिकेट एकेडेमी कपको उपाधि डायमण्डलाई
लक्ष्मी ग्रुपको ५२ औं कर्पोरेट डे मा ८५ जनाले गरे रक्तदान
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
यो पनि पढौँ
पोखरामा नातीले ७५ वर्षिया हजुरआमाको ज्यान लिए, गहना लुटेर भागे
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
कांग्रेसबाट निष्काशनमा परेका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गर्दै
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ