अवैध नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका नौ सवारीसाधन पक्राउ

पक्राउ

अवैध नदीजन्य पदार्थ ओसारपसारमा प्रयोग भएका नौ सवारीसाधन पक्राउ

niyantrannn

स्याङ्जामा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा प्रयोग हुँदै आएका सवारीसाधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विभिन्न स्थानबाट बालुवा, ढुङ्गा र गिट्टी बोकेका टिपर र ट्याक्टर फेला पारी कारबाही अघि बढाएको हो ।

शुक्रबार वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी गल्याङबाट खटिएको टोलीले गल्याङ नगरपालिका–३ बल्पुकबाट बालुवा लोड गरिएको टिपर (म.प्र.०३००२ ख १३५९) नियन्त्रणमा लिएको छ । यस्तै, वालिङ नगरपालिका–१ आँधीखोला किनारबाट ढुङ्गा बोकेको ट्याक्टर (ग १ त ४३९७) र वालिङ–११ आम्ले आँधीखोला किनारबाट अर्को ट्याक्टर (लु ४ त ६३४२) समेत नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर कार्कीले बताए ।

त्यसैगरी, बिहीबार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङको संयुक्त टोलीले वालिङ नगरपालिका–९ कल्लेरी आँधीखोला किनार तथा सुर्कौदी क्षेत्रबाट गिट्टी, बालुवा र ढुङ्गा ओसार्दै गरेका थप छ सवारीसाधनहरू नियन्त्रणमा लिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए । नियन्त्रणमा पर्नेमा ट्याक्टरहरु ग १ त ५६१५, ६२५६, ७३७१, ४०७०, ५२०६ तथा पुतलीबजार नगरपालिका–११ हेलुबाट गिट्टी–बालुवा बोकेको टिपर (ग १ क ३५०२) रहेका छन् ।

नियन्त्रणमा लिइएका सबै सवारीसाधनलाई सम्बन्धित प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ