चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी

नयाँ नेतृत्व

चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी

सातौं साधारणसभा तथा छैटौं अधिवेशन

chapasa kaski2

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिव सिद्धार्थ गौतम र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ छन् ।

सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । कार्यकाल ३ वर्षको हुनेछ ।

यसैगरी, केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा छन् ।

नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराए ।

साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए।

गत भदौमा तय गरिएको अधिवेशन जेनजी आन्दोलनले स्थगित हुन पुगेको थियो ।

२०६० असार २२ मा जन्मिएको संघमा हाल सदस्य संख्या ८६ पुगेका छन् । संघको यसअघि शिव शर्मा चञ्चल, रेम बिक, अरुण गिरी र प्रभू अधिकारीले समेत नेतृत्व गरिसकेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ