पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्षमा सन्तोष बस्याल चयन भएका छन् । संस्थाको शनिबार भएको सातौं साधारणसभा तथा छैटौं अधिवेशनले उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कार्यसमिति उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिव सिद्धार्थ गौतम र कोषाध्यक्ष सुरक्षा श्रेष्ठ छन् ।
सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । कार्यकाल ३ वर्षको हुनेछ ।

यसैगरी, केन्द्रीय प्रतिनिधिमा आशीष पुरी र मिलन थापा छन् ।
नवनिर्वाचित कार्यसमितिलाई संघका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराए ।
साधारणसभाको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेका थिए।
गत भदौमा तय गरिएको अधिवेशन जेनजी आन्दोलनले स्थगित हुन पुगेको थियो ।
२०६० असार २२ मा जन्मिएको संघमा हाल सदस्य संख्या ८६ पुगेका छन् । संघको यसअघि शिव शर्मा चञ्चल, रेम बिक, अरुण गिरी र प्रभू अधिकारीले समेत नेतृत्व गरिसकेका थिए।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस