बाग्मतीका मुख्यमन्त्री हेलिकोप्टर चढेर सिराहाको ‘न्यू इयर’ पिकनिकमा

चर्चा

बाग्मतीका मुख्यमन्त्री हेलिकोप्टर चढेर सिराहाको ‘न्यू इयर’ पिकनिकमा

indra-baniya-heli

काठमाडौं । सरकारले लिएको मितव्ययिताको नीतिको धज्जी उडाउँदै बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया हेलिकोप्टर चढेर वनभोज खान गएका छन् । कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोजमा उनी हेलिकोप्टरमा पुग्दा स्थानीयलाई रमिता भयो ।

अंग्रेजी नयाँ वर्षका अवसरमा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा १४ सर्रे अम्बासमा उक्त वनभोज आयोजना गरिएको थियो । अर्कै प्रदेशका मुख्यमन्त्री बानियाँ दिउसो करिब ३ बजे वनभोजस्थलमा पुगेका हुन् । स्थानीय अर्जुन थपलिया आफ्नो फेसबुकमा यसको भिडिओ पोस्ट गरेका छन् ।

थपलियाका अनुसार मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव पनि पिकनिकमा सहभागी भए । यादव आफ्नो कारगेटसहित गएको थपलियाको भनाइ छ । मुख्यमन्त्री आउने भनिएपछि करिब दुई दर्जन सुरक्षाकर्मी वनभोजस्थलमा खटिएको उनले बताएका छन् ।

मुख्यमन्त्रीको हेलिकोप्टर आउँदा पिकनिकमा सहभागी भएका स्थानीयवासीहरु रमाएका थिए । हेलिकोप्टर हेर्नलाई तँछाडमछाड भएको थियो ।

थपलियाले भने, ‘यहाँका जनताले यति नजिकैबाट हेलिकोप्टर देख्न पाएका थिएनन् । यही नै एउटा उपलब्धि भयो ।’ हेलिकोप्टर कसको खर्चमा ल्याइएको हो भन्ने खुलेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ