पोखरा । बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन भएका छन् ।
एशोसियसनको १४ औं अधिवेशनमा उपाध्यक्षका उम्मेदवार भनिएका राजु केसीको उमेदवारी एशोसियसनको बिधान अनुसार नभएकोले उनको उमेदवारी जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी, आदेश अनुसार खारेजी भएपछि एशोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई एशोसियसनको उपाध्यक्ष पदमा चयन गरिएको एशोसियसनका अध्यक्ष बुद्विवहादुर कुँवरले बताए ।
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत हुन् । पौडेल त्रिलोकेश्वर शिव मन्दिर पोखरा २८ को अध्यक्ष ,सुर्केमैदान सृजनशिल क्लव कालिकाको संस्थापक अध्यक्ष,पत्रकार महासघं कास्कीको प्रदेश परिषद सदस्य रहेका पौडेल नेपालय न्युज डटकमका सह सम्पादक समेत रहेका छन् ।
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा चयन भए पछि पौडेलले भने ’आफू नियम कानुनलाई सधैव मान्ने बताउदै एशोसियसनको निर्वाचनमा निर्वाचन समितिका संयोजकले आफुलाई पुर्वाग्रहपुर्ण रूपले अन्याय गरेको भएता पनि एशोसियसनको विधान अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले आफुलाई न्याय दिएकोमा आभार व्यक्त गरे । पौडेलले आफू एशोसियसनको उपाध्यक्ष पदमा रहदा संस्थागत विकास र बुद्ध विशाल बजारका व्यवसायीहरूको हकहितका लागि सधैंव काम गर्ने प्रतिबद्धता जाहेर समेत गरेका छन् ।
हालै सम्पन्न भएको बुद्ध विशाल वजार व्यापारिक एसोसियसनको २७ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल तथा सदस्यहरुमा कृष्ण कुँवर, अनु थापा,शम्भु खत्री,सन्जय श्रेष्ठ,प्रकाश पौडेल,दिनेश गुरुङ,ईन्द्रमाया गुरुङ र लक्ष्मण आचार्यलाई निर्वाचित गरिसकेको थियो ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस