स्याङ्जामा १५ वर्षीया बालिका मृत्यु प्रकरणका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–१३ मा बस्ने १५ वर्षीया बालिकाको मृत्यु भएको घटनासँग सम्बन्धित प्रतिवादी लामो समयदेखि फरार रहँदै आएका थिए ।
२०८० चैत ११ गते बालिकाको मृत्यु भएपछि प्राप्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई शुक्रबार पक्राउ गरेको हो । घटना पश्चात् लुकिछिपी बस्दै आएका तिवारीलाई पोखरा महानगरपालिका–१७, बिरौटाबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की र जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउपछि तिवारीलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक सागर कार्कीले बताए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले यस घटनालाई सूक्ष्म तवरले अनुसन्धान गर्ने बताउँदै घटनासँग सम्बन्धित तथ्य र प्रमाण संकलनको काम तीव्र रूपमा भइरहेको जानकारी दिए ।
सम्बन्धित खबर
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
अब विकट छैन बागलुङकाे ‘बोबाङ गाउँ’
वडाध्यक्ष अमेरिका गएर नफर्किएपछि स्थानीयले वडा कार्यालयमा लगाए ताल्चा
यो पनि पढौँ
कांग्रेसका पूर्वमन्त्री कुमार खड्कासहित एमालेका नेता अधिकारी रास्वपा प्रवेश
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
कुलमान घिसिङलाई रास्वपा उपसभापति बनाउन रवि तयार, बालेन तेस्रो वरियतामा
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात