हिमासिखर सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवक पक्राउ

हिमासिखर सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई युवक पक्राउ

pakrau-22

स्याङ्जाको वालिङ नगरपालिका–१४ स्थित हिमासिखर सामुदायिक वन क्षेत्रको खरबारीमा आगो लगाएको आरोपमा दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ सामुदायिक वन क्षेत्रमा आगो लागेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा आगो लगाउने कार्यमा संलग्न रहेको आशंकामा स्थानीय दुई युवकलाई सोमबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए ।

नियन्त्रणमा पर्नेमा वालिङ नगरपालिका–१४ निवासी १९ वर्षीय आसिक कुँवर र २० वर्षीय सुदिप कुँवर रहेका छन् । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब डिभिजन वन कार्यालय वालिङमा बुझाइएको थियो । हाल दुवै जना वडा प्रहरी कार्यालय वालिङको हिरासत कक्षमा रहेका छन् ।

घटनाबारे थप अनुसन्धान जारी रहेको छ भने सामुदायिक वनमा आगजनी गर्ने कार्यप्रति कडाइका साथ कारबाही गरिने निरीक्षक कार्कीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ