काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारीको घोषणा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिने बताएकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,’दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु । यसै सन्दर्भमा, ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछ। विशेष गरी जेनजीका भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसद्भित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ ।’
उनले उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित भएको बताइन् ।
युवाहरूको सपना, भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्ने उनले विश्वास समेत व्यक्त गरिन् ।
सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै स्वच्छ र सचेत राजनीतितर्फको यात्रामा साथ र सहकार्यको अपेक्षा समेत गरिन् ।
सम्बन्धित खबर
ब्राउन सुगरसहित स्याङ्जाबाट दुई जना पक्राउ
काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला
सीएम स्वीमिङ पुल अब नयाँ व्यवस्थापनमा, स्तरोन्नतिसँगै बन्यो ‘पोखरा सेन्ट्रल ओयसिस’
पोखरामा सर्वाधिक पुरस्कार राशिको सेभेन ए साइड फुटबल हुँदै
प्रधानमन्त्री ओली पोखरामा भोलि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस