तेस्रो चापाकोट महोत्सवको दोस्रो दिन झलिको गीतका चर्चित गायक अर्जुन सापकोटाको उपस्थितिले माहोल झन् रौनकपूर्ण बनेको छ । महोत्सव स्थलमा सापकोटालाई हेर्न दर्शकको ठूलो घुइँचो लागेको थियो । स्टेजमा उक्लिनासाथ दर्शकको ताली र नाराले वातावरण उत्साहले भरिएको देखिन्थ्यो ।
लोकलय र झलिको गीतमार्फत लोकप्रिय बनेका सापकोटाले एकपछि अर्को चर्चित गीत प्रस्तुत गर्दा दर्शकहरू झुम्मिन बाध्य भएका थिर । युवादेखि वृद्धसम्म उनको झलिको, पछ्यौरी लिइस्यो, बस्यौ अलक्कै, डाँडैको टुनीलगायतका गीतमा साथ दिँदै नाचगान गरेको दृश्यले महोत्सवलाई स्मरणीय बनाएको थियो । दर्शकले देखाएको अपार मायाप्रति गायक सापकोटाले धन्यवाद व्यक्त गर्दै चापाकोटको माया कहिल्यै नबिर्सने बताएका थिए ।
महोत्सवमा सांगीतिक प्रस्तुतिका साथै स्थानीय कला, संस्कृति र उत्पादनको पनि प्रदर्शनी गरिएको छ । दोस्रो दिनसम्म आइपुग्दा महोत्सवले स्थानीय व्यवसाय प्रवर्द्धन र सांस्कृतिक पहिचान उजागर गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।
तेस्रो चापाकोट महोत्सवमा आगामी दिनहरूमा पनि विभिन्न सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुने जनाइएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आयोजना गरिएको यस महोत्सवले पर्यटन प्रवर्द्धन, स्थानीय कलाकारको हौसला र आर्थिक चलायमानतामा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
शुक्रबारदेखि स्याङ्जाको चापाकोट नगरपालिका–९ मा रहेको गंगालाल माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको महोत्सव माघ ६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस