रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता

राजनीति

रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता

सहकारी ठगी यथावत

rabi niskiye

काठमाडौँ । सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता गरेको छ

लामिछानेमाथि सहकारी ठगि सहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चलेको थियो ।

सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत  लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ  भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।

महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।

महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साका सरकारी वकिलको कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन्।

लामिछानेका तर्फबाट असोजको पहिलो साता महान्यायाधिवक्ता कार्यालय काठमाडौंमा निवेदन दिइएको थियो। त्यतिबेला लामिछाने सहकारीको रकम अपचलनसहितको अभियोगमा पुर्पक्षका लागि थुनामा नख्खु कारागारमा थिए। पुस ३ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको थियो।

२०८१ पुस ७ गते रास्वपा सभापति लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको थियो। उक्त पत्र सभामुख घिमिरेले लामिछानेलाई निलम्बन गरिएको सूचना प्रकाशित गर्न प्रयोग गरेका थिए।

के छ दफा ३६मा ?

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ मा अभियोगपत्र संशोधन गर्न सकिने उल्लेख छ। यो व्यवस्था मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै नयाँ वा थप बलियो प्रमाण भेटिएमा गर्न सकिने गरी राखिएको हो।

उक्त दफाको उपदफा (१) मा भनिएको छ, ‘अदालतमा एकपटक दायर भैसकेको मुद्दामा थप प्रमाण फेला परेमा पहिले लिएको माग–दावी संशोधन गर्नु पर्ने देखिएमा, महान्यायाधिवक्ताको स्वीकृति लिएर सम्बन्धित सरकारी वकिलले अभियोगपत्रमा संशोधन गर्न सुरु तहको सम्बन्धित अदालतमा कारण खुलाई निवेदन दिन सक्नेछ।’

त्यस्तै उपदफा (२) मा भनिएको छ कि उपदफा (१) बमोजिम निवेदन आएमा र त्यसको व्यहोरा मनासिब देखिए, निवेदनअनुसार अभियोगपत्रमा माग–दावी संशोधन गर्ने आदेश सम्बन्धित अदालतले दिन सक्नेछ। तर त्यस्तो संशोधन गर्ने आदेश सुरु तहको सम्बन्धित अदालतले फैसला गर्नुअघि नै दिइसकेको हुनु पर्नेछ।

यो दफा अनुसार लामिछानेले आफ्नो हकमा दुई वटा मुद्दाको अभियोग संशोधन गराउन सके, जसले सहज रुपमा धरौटीमा रिहा हुन र मुद्दा कमजोर हुने अवस्था सिर्जना गर्न सक्ने भएकाले उनले निवेदन दिएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ