स्याङ्जाको वालिङ–चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
वालिङ नगरपालिका–७ धोडेपानी नजिक सोमबार दिउँसो वालिङबाट ढुंगा बोकेर चापाकोटतर्फ जाँदै गरेको लु ३ त ५१७३ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका छ जनालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । उपचारका क्रममा वालिङ नगरपालिका–७ केवरे निवासी ६५ वर्षीय डोलराज कोइराला र कैलाली टिकापुर नगरपालिका–७ निवासी ३५ वर्षीय राजकुमार चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा ट्याक्टर चालक पश्चिम नवलपरासी सरावल गाउँपालिका–१ आनन्दनगरका २८ वर्षीय लालबहादुर सुनार, कैलाली लम्कीचुहा नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी र ३९ वर्षीय लक्ष्मण चौधरी तथा दाङ राप्ती गाउँपालिका–५ का ३५ वर्षीय हुकुमबहादुर दर्लामी मगर घाइते भएका छन् । उनीहरू सबैको शरीरका विभिन्न भागमा चोट लागेको र थप उपचारका लागि पोखरा रिफर गरिएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी केवरेबाट प्रहरी सहायक निरीक्षक नेत्रबहादुर कुमालको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा