निर्वाचनअघि स्याङ्जामा निजी हातहतियार बुझाउन प्रशासनको आग्रह

निर्वाचनअघि स्याङ्जामा निजी हातहतियार बुझाउन प्रशासनको आग्रह

dao-syangjaa-picc

आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुमति प्राप्त निजी हातहतियार बुझाउन आग्रह गरेको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सबै किसिमका हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय स्याङ्जा, नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा बुझाउनुपर्ने प्रशासनले जनाएको छ ।

निर्वाचनको समयमा सुरक्षा संवेदनशीलता बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न यो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जानकारी दिए । उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गराउनु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

प्रशासनका अनुसार तोकिएको समयभित्र बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिनेछ । बुझाउने र फिर्ता लिने प्रक्रिया प्रचलित कानुन तथा मापदण्डअनुसार हुने स्पष्ट पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले समयमै हातहतियार नबुझाएमा वा प्रशासनको निर्देशनको अवज्ञा गरेमा कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । साथै निर्वाचनलाई भयमुक्त र सुरक्षित बनाउन नागरिक, राजनीतिक दल र सरोकारवाला सबैलाई जिम्मेवार भूमिका खेल्न आग्रह गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ