सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन २०२६ यही फाल्गुन २ गते नेपालकै सुन्दर पर्यटकीय नगरी पोखरामा हुने भएको छ । २० औँ संस्करणमा आई पुग्दा स्वदेशी तथा विदेशी धावकले नयाँ रुटमा दौडिँदै म्याराथन पुरा गर्नेछन्। सुरुवात पोखरा रङ्गशालाबाट हुनेछ । समापन भने बाराहीघाट चोकमा हुनेछ।
नेपालकै प्रतिष्ठित औद्योगिक संस्था सुजल डेरी प्रा.लि.को सफल दूधले यस सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको मुख्य प्रायोजकको रूपमा सहकार्य गर्दै कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाएको छ।
शारीरिक तन्दुरुस्ती र पौष्टिकतासँग गहिरो सम्बन्ध राख्ने सफल दूधले पोखरावासीको स्वास्थ्य र खेलकुदबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ। सुजल डेरी प्रा. लि.को उत्कृष्ट ब्रान्ड सफल दूधले पोखरा लगायत नेपालको मुख्य सहर तथा गाउँघरमा उपभोक्ताको पौष्टिकता र सहजताको आवश्यकतालाई पूरा गर्दै सम्पूर्ण दूध तथा दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ र नेपालकै लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएको छ।
सफल दूधको मुख्य प्रायोजन र भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुन लागेको सफल पोखरा अन्तर्राष्ट्रियता म्याराथनको मूल नारा “स्वास्थ्यको लागि,पोखराको लागि”रहेको छ । मोफसलमा हुने सबैभन्दा ठुलो म्याराथनले पोखरा तथा पोखरावासीको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउँदै आइरहेको छ ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनले प्रथम विजेतालाई रु ४ लाख, दोस्रोलाई २ लाख, तेस्रोलाई १ लाख, चौथोलाई रु ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गण्डकी उत्कृष्ट विधाको व्यवस्था गरिएको छ भने यसै संस्करणमा म्याराथन नेपाल विधा पहिलो पटक समावेश गरिएको छ। साथै अरू बिधाहरू जस्तै, महिला तथा पुरुष हाफ म्याराथन, १० कि.मि पुरुष तथा महिला, ५ कि.मि छात्र-छात्रा, भेट्टेरन (उमेर ४५ वर्ष माथि), ह्विल चियर तथा दृष्टिविहीन तर्फका हरेक प्रतियोगितामा पनि पुरस्कार राखिएको छ ।
पछिल्लो एक दशकदेखि निरन्तर रूपमा खेलकुद तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूमा प्रायोजन गर्दै आइरहेको सफल दूधले उपभोक्ताको स्वास्थ्यप्रतिको भरोसा कायम राख्न सफल भएको छ। पोखराबासीको स्वास्थ्य लाभका लागि तथा पोखराको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन को लागि यस कार्यक्रमसँग जोडिन पाउँदा कम्पनीले गर्वको अनुभूति गरेको जनाएको छ।
सम्पूर्ण पोखरा बासीहरूलाई फाल्गुन २ गते हुन गइरहेको यस “सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा” सहभागी भई “स्वास्थ्यको लागि,पोखराको लागि” दौडिन सुजल डेरी प्रा.लि. आह्वान गर्दछ ।
- प्रवर्द्धनात्मक सामाग्री ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?