स्याङ्जाको बिरुवा गाउँपालिकामा रहेको एक विकास बैंकमा कार्यरत सुरक्षा गार्डमाथि बैंक परिसरमै चक्कु प्रहार भएको छ । बिरुवा गाउँपालिका–१ स्थित गरिमा विकास बैंक लिमिटेडमा ड्युटीमा रहेका सुरक्षा गार्ड शेरबहादुर थापामाथि मंगलबार बिहान आक्रमण भएको हो ।
प्रहरीका अनुसार चक्कु प्रहार गर्ने आरोपमा सोही स्थानका ३० वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । श्रेष्ठलाई ज्यान मार्ने उद्योग कसुरमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
घटनामा घाइते भएका थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । आफू माथि एक्कासी अन्धाधुन्ध चक्कु प्रहार भए पनि सेवा निवृत्त सेना भएकाले जोगिन सफल भएको थापाले बताएका छन् ।
घटना भए पनि बैंकको सेवा भने प्रभावित नभएको बैंकले जनाएको छ । प्रहरीको सहयोगमा बैंकको कामकाज नियमित रूपमा सञ्चालन भइरहेको गरिमा विकास बैंकका क्षेत्रीय प्रबन्धक प्रेमकिशोर अर्यालले बताए । उनले अवस्था सामान्य रहेको र सेवाग्राहीलाई ढुक्क भएर सेवा लिन आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
नवौं संस्करणको वालिङ महोत्सव सुरु
बिरुवामा तीन नाल भरुवा बन्दुक र विस्फोटक सामग्रीसहित दुई जना पक्राउ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
नवौं चरणको वालिङ महोत्सव आजदेखि
यो पनि पढौँ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
प्रतिभा माविमा गणित हाजिरीजवाफ