स्याङ्जाको वालिङ नगरपालिकामा बुधबारदेखि नवौं संस्करणको वालिङ महोत्सव सुरु भएको छ । वालिङस्थित मालेबगर खेल मैदानमा आयोजना गरिएको गण्डकी प्रदेशस्तरीय महोत्सव ‘हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नारासहित सञ्चालनमा आएको हो ।
महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै व्यापारिक गतिविधि बढाउन सहयोग पुग्ने बताए ।
महोत्सवमा कृषि, हस्तकला, सेवा, औद्योगिक तथा व्यापारिक क्षेत्रका विभिन्न स्टलहरू राखिएका छन् । कृषि, कृषि औजार तथा हस्तकलासम्बन्धी ४० भन्दा बढी स्टल निःशुल्क उपलब्ध गराइएको छ भने स्थानीय व्यापारीहरूका लागि ३० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।
महोत्सवबाट एक करोड ६८ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको संघका सचिव तथा महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनालले जानकारी दिए । महोत्सव सञ्चालनका लागि एक करोड १४ लाख ५१ हजार रुपैयाँ खर्च हुने र ५३ लाख ४९ हजार रुपैयाँ बचत हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
नवौं वालिङ महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको अल्पकालीन कारोबार हुने र तीन लाख दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट महोत्सवका रूपमा चिनिँदै आएको यो महोत्सव माघ २५ गतेसम्म १२ दिन सञ्चालन हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
स्याङ्जा–२ मा कांग्रेसका मल्ललाई जय मातृभूमि पार्टीका थापाको समर्थन
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस