पोखरामा माघ १८ गतेदेखि प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता हुने भएको छ ।
प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा हुने अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता प्रतिभा सुपर लिग हुन लागेको बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । माघ १८ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने जनाइएको छ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाउँदैछन् । जसमा आयोजक प्रतिभा माविसहित कुमुदिनी होम्स मावि गैह्रापाटन, ग्लोबल कलेजियट स्कुल रानीपौवा, गुरुकुल विद्यासदन नयाबजार, छोरेपाटन मावि छोरेपाटन, जनप्रिय मावि सिमलचौर, टप्स मावि रामघाट, डायमण्ड मावि तालचोक, नेपाल भारत मैत्री विद्यालय, वाराही मावि मालेपाटन, बालमन्दिर मावि नदीपुर र मदरल्याण्ड मावि मासवार प्रतिष्पर्धामा उत्रिने उनले जानकारी दिए ।
प्रतियोगिताको ट्रफी बिहीबार नै पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । सो अवसरमा प्रतिष्पर्धी विद्यालयहरुको समूह विभाजन पनि लक्की ड्रबाट विभाजन गरिएको थियो ।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको समूह ‘ए’ मा कुमुदिनी होम्स, छोरेपाटन मावि र टप्स मावि, समूह ‘बी’ मा जनप्रिय मावि, गुरुकुल विद्यासदन र मदरल्याण्ड मावि, समूह ‘सी’ मा आयोजक प्रतिभा माविसहित नेपाल भारत मैत्री विद्यालय र वाराही मावि मालेपाटन तथा समूह ‘डी’ मा ग्लोबल कलेजियट स्कुल, डायमण्ड मावि र बालमन्दिर मावि रहेका छन् ।
समूह चरणमा तीनवटै टिमले आपसमा प्रतिष्पर्धा गर्ने र लिगको बिजेताले सेमीफाइनलमा स्थान पक्का गर्ने पोखरा महानगर क्रिकेट संघका अध्यक्ष बिरेन पुनले जानकारी दिए । सेमीफाइनलमा समूह ‘ए’ र समूह ‘बी’ तथा समूह ‘सी’ र समूह ‘डी’को बिजेताले फाइनल प्रवेशका लागि प्रतिष्पर्धा गर्ने उनले बताए ।
प्रतिभा मावि सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले प्रतियोगिता क्रिकेटको विकास र खेलाडीको प्रतिभा उजागर गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले भने,‘विद्यार्थीको प्रतिभा उजागर गर्न, क्रिकेटप्रेमी विद्यार्थीलाई एक्सपोजर दिन र क्रिकेटको विकासमा यो प्रतियोगिता कोशेढुंगा सावित हुनेमा हामी विश्वस्त छौं ।’

प्रतिभा माविका प्रचार्य किरण सापकोटाले आगामी दिनमा छात्रा क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने प्रतिबद्दता जनाए । यो पहिलो प्रयास हो र यसलाई शुरुवातको रुपमा मात्र बुझिदिन म आग्रह गर्दछु,उनले अगाडि थपे,‘आगामी दिनमा हामी छात्रसँगै छात्रा क्रिकेट प्रतियोगिता पनि आयोजना गर्ने प्रतिबद्दता जनाउँछौं ।’
गण्डकी क्रिकेट संघका सदस्य रविन्सन प्रजूले नीजि क्षेत्रबाट क्रिकेटको विकासका लागि भएको प्रयास सराहनीय भएको बताए ।

प्रतियोगिताको विजेता विद्यालयले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र, उपबिजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिताको बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट प्लेयर अफ द सिरिज तथा प्लेयर अफ द म्याचलाई पनि ट्रफी प्रदान गरिने प्राचार्य सापकोटाले जानकारी दिए ।
सम्बन्धित खबर
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
गल्याङलाई लगातार दोस्रोपटक राष्ट्रपति रनिङ शिल्डको उपाधि
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला