पोखरा । छैटौँ टाइगर कप २०२६ को पुरुषतर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले जितेको छ ।
शनिबार दिउँसो भएको फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा हराउँदै गण्डकीले तेस्रोपटक उपाधि जितेको हो । यससँगै गण्डकीले गत संस्करणको फाइनलमा भोगेको हारको बदला लिएको छ ।
पोखरा रंगशालामा भएको रोमाञ्चक फाइनल खेलमा पहिलो सेट गुमाएपनि गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको हो । पहिलो सेट २५-२३ ले पुलिसलाई सुम्पिएको गण्डकीले दोस्रो सेट २८-२६ ले जितेको थियो । यस्तै तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जित्दै गण्डकीले उपाधि जितेको हो ।

यसअघि गण्डकीले पहिलो र तेस्रो संस्करणको उपाधि जितेको थियो । आजै तेस्रो स्थानको लागि भएको खेलमा पर्वत भलिबल संघले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराएको हो ।
यस्तै शुक्रबार भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाईनै ३-० को सोझो सेटमा हराउँदै टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलेले उपाधि जितेको थियो ।
च्याम्पियन दुवै टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरे भने उपविजेतामा सिमित पुलिसले समान ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पायो । महिलातर्फ थाइल्यान्ड क्विन्स तेस्रो भएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला