फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ

pakrau-13

स्याङ्जाको फेदीखोला गाउँपालिकामा चिया खाजा घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गत बुधबार राति करिब २ बजे फेदीखोला गाउँपालिका–२ स्थित गंगा कुमारी थापाले सञ्चालन गरेको चिया खाजा घरको मूल ढोका फोडी चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा प्रहरी चौकी फेदीखोलाबाट खटिएको टोलीले फेदीखोला गाउँपालिका–१ कुभिण्डेबाट एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिए ।

पक्राउ पर्ने व्यक्ति सुनसरी धरान उपमहानगरपालिका–१५ पानमारा स्थायी घर भई हाल फेदीखोला गाउँपालिका–२ मा रहेको एक कृषि फार्ममा काम गर्दै आएका ३४ वर्षीय सन्देश गुरुङ रहेका छन् । उनलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नकबजनी चोरी मुद्दामा स्याङ्जा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds