रामेछापस्थित तामाकोसीमा बस दुर्घटनामा परी मृत्यु भएका १२ जना मध्ये ११ जनाको सनाखत भएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार एक जनाको सनाखत हुन बाँकी छ। सनखात भएकामध्ये दोलखाका २ जना, रामेछापका ८ जना र सिन्धुलीका एकजना रहेका छन्।
एकजनाका आफन्त सम्पर्कमा आइसकेका छैनन्। मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसीमा खसेको थियो।
पुष्पलाल सडकखण्ड अन्तरगत मन्थली–खुर्कोट हुँदै ओखलढुंगातर्फ गइरहेको बस बिहान १०ः४० बजे दुर्घटना भएको थियो।
दुर्घटनालगतै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेको थियो। तर ७ जना पुरुष र ५ जना महिलाको भने मृत्यु भएको हो। मृतक सबैको शव मन्थली अस्पतालमै राखिएको छ।

दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन्। चालक भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अरु घाइते ७ जनालाई काठमाडौँतर्फ रेफर गरिएकोमा ६ जनाको धुलीखेलमा उपचार भइरहेको छ। एकजनालाई सैनिक अस्पताल छाउनी लगिएको छ।
यी हुन् मृतक १२ जना
१) जिल्ला दोलखा भिमेश्वर नगरपालिका-७ बस्ने वर्ष अन्दाजी २५की बबि तामाङ।
२) जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ८ बस्ने वर्ष अन्दाजी ६० को मान बहादुर तामाङ।
३) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २८ को दिपेश बस्नेत।
४) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३५ की सानुमाया तामाङ।
५) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३१ की तारा तामाङ।
६) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ३६ को भिम बहादुर तामाङ।
७) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी. १६ की रमिता तामाङ।
८) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ बस्ने वर्ष अन्दाजी २५ को दिपेन्द्र बस्नेत।
९) जिल्ला रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ बस्ने वर्ष अन्दाजी ४५ की मान कुमारी बरुवाल।
१०) जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-६ बस्ने अन्दाजी वर्ष २४ को विशाल सुनुवार।
११) जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका- ६ बस्ने वर्ष अन्दाजी ३४ को शिव श्रेष्ठ।
१२) नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५०/५५ को पुरुष व्यक्ति १ जना।
घाइते ८ जना
घाइते हुनेमा रामेछापको मन्थली नगरपालिका–१२ की ३३ वर्षीया देवकी खड्का, सोही नगरपालिका–११ का ३१ वर्षीय सुशान्त थापा मगर, रामेछापकै उमाकुण्ड गाउँपालिका–५ का ५२ वर्षीय सोनातेन्जी शेर्पा, ६ वर्षीया निष्मा शेर्पा, रामेछापको लिखुतामाकोसी गाउँपालिका ४ का ७१ वर्षीय ओलकबहादुर थापा, रामेछापकै खाँडादेवी गाउँपालिका ३ का २१ वर्षीय समिर श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका–७ की १७ वर्षीया निलिमा तामाङ्ग र ओखलढुंङ्गाको खिजिदेम्वा गाउँपालिका २ का ४५ वर्षीय जयबहादुर तामाङ्ग रहेका छन्।
सम्बन्धित खबर
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी