समाचार प्रकाशनकै विषयलाई लिएर नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेमाथि सामाजिक सञ्जालमार्फत शारीरिक आक्रमणको धम्की दिइएको छ ।
बगालेले विगत सात वर्षदेखि निरन्तर रूपमा स्याङ्जाको वालिङ नगरपालिका–८ केदारनाथ मार्गकी ज्योति अधिकारीले सडकमा हिँड्ने सामुदायिक कुकुरलाई दैनिक खाना खुवाउने, स्याहार तथा संरक्षण गर्दै आएको विषयलाई “सामुदायिक कुकुरको स्याहार संरक्षणमा बिते ‘ज्योति’ का सात वर्ष” भन्ने समाचार लेखेका थिए ।
युनियनका अनुसार सोही विषयलाई आधार बनाई वालिङ–८ बीपी चोक निवासी सूर्यप्रसाद काफ्लेले सञ्चालन गर्दै आएको ‘वालिङ नेपाल’ नामक फेसबुक पेजबाट अध्यक्ष बगालेमाथि लक्षित गरी अश्लील गाली–बेइज्जतीसहितका स्टाटस, अडियो तथा भिडियो सामग्री निरन्तर सार्वजनिक गरिएको छ । ती सामग्रीमा शारीरिक आक्रमणको स्पष्ट संकेतसमेत गरिएको बताउँदै युनियनले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका सचिव शंकर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा लामो समयदेखि पत्रकारितामा सक्रिय एक जिम्मेवार कलमजीवीमाथि यस्तो व्यवहार हुनु अत्यन्तै निन्दनीय र चिन्ताजनक भएको उल्लेख छ ।
“समाचारप्रति असहमति भए कानुनी बाटो खुला थियो,” विज्ञप्तिमा उल्लेख गर्दै सचिव सुवेदीले भनेका छन्, “तर सामाजिक सञ्जालको दुरुपयोग गर्दै अपमानजनक भाषा प्रयोग गर्नु र आक्रमणको धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो ।”
युनियनले गैरजिम्मेवार र गैरकानुनी गतिविधिले पत्रकारको पेशागत सुरक्षामा प्रत्यक्ष असर पार्ने र लोकतान्त्रिक मूल्य–मान्यतामा आँच पुर्याउने ठहर गरेको छ । घटनामा संलग्न व्यक्तिमाथि यथाशीघ्र छानबिन गरी कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार मागसमेत गरिएको छ ।
प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षाका लागि आवश्यक कदम चाल्न राज्यका निकाय संवेदनशील बन्नुपर्ने युनियनको आग्रह छ ।
सम्बन्धित खबर
समाचार लेखेकै भरमा स्याङ्जाका पत्रकार बगालेमाथि शारीरिक आक्रमणको धम्की
रोमानियामा हृदयघातबाट निधन भएका स्याङ्जाका रमेश थापाको परिवारलाई ३ लाख बढी सहयोग हस्तान्तरण
स्याङ्जामा आचारसंहिता उल्लंघनबारे आयोगको कडाइ, प्रचार सामग्री र घरदैलोमा प्रतिबन्धको स्मरण
महाशिवरात्रीमा नवग्रह मन्दिरमा प्रथम स्याङ्जा अन्तरविद्यालय भजन प्रतियोगिता एवं दीप प्रज्वलन हुने
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी महिला पक्राउ
अवैध मासु बोकेको पिकअप गाडी नियन्त्रणमा
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !