थाइल्याण्डको चुनावमा रोचक नतिजा आएको छ । सामाजिक संजालका चर्चित अनुहार र युवा नेताले भरिएको पिपल्स पार्टीले बहुमत ल्याउने चर्चा सामाजिक संजालमा गरिएको थियो ।
सामाजिक संजालको माहोल र चुनाव अगाडिका प्रक्षेपणले बलियो जनमत ल्याउने भनिएको पिपल्स पार्टीले ४०० प्रत्यक्ष चुनाव सिटमा २०० कम्तिमा ल्याउने प्रक्षेपण गरिएको बीबीसीमा उल्लेख छ । तर, पार्टीले १५१ मात्रै सिट ल्यायो ।
सत्ताधारी दल भुमजाइथाइले १९० सिट ल्याएर केहि गठबन्धन गरेर सहज सरकार बनाउने देखिएको छ । प्रधानमन्त्री अनुटिन चार्नभिराकुल फेरि पनि सरकार बनाउने अवस्थामा पुगेका छन् । आइतबारको चुनावमा यो परिणामले धेरैलाई चकित बनाएको छ ।
तर, चुनावमा पारजित भएपछि मतगणनामा घाँधली भएको नयाँ दलका नेता– कार्यकर्ता तथा समर्थकले आरोप लाएका छन् । मतगणनामा पारदर्शिता नदेखाएको भन्दै उनीहरूले आलोचना गरेका छन् । विश्व मिडियाहरूले यसको समाचार प्राथामिकताकासाथ बनाएका छन् । बेलायती समाचार एजेन्सी रोयटर्सका अनुसार पिपल्प पार्टीले १८ चुनाव क्षेत्रमा पुनः गणनाको माग गरेको छ ।
पिपल्प पार्टीमा सामाजिक संजालमा लोकप्रिय उम्मेदवारहरू थिए । त्यसमा एक अनुहार थिए सुतासित म्याकी पोतासक केही महिना अगाडिसम्म टेलिभिजनका चर्चित अनुहार थिए । उनले आफ्नो ड्रामको कार्यक्रम छोडेर राजनीतिमा आए । बीबीसीका अनुसार राजनीतिमा आउँदा उनले जापानी एनिमे ‘वान पिस’को पात्र लुफीको टोपी र झन्डा प्रयोग गरे । उनले युवा मत तान्न यो शैली प्रयोग गरेका थिए । उनले भनेका थिए, ‘पुराना पुस्ताले राजनीतिलाई अल्छिलाग्दो बनाए । म रमाइलो बनाउन चाहान्छु ।’
पिपल्स पार्टीको पराजतसँगै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा चर्चामा ल्याइएका नाथ्थाफोङ रुएङपानयावुतले प्रधानमन्त्री बन्ने बाटो बन्द भएको छ । तर, उनले आफ्ना मतदातालाई धन्यवाद दिइसकेका छन् । ३८ वर्षका उनले सामाजिक संजालमा लेखेका छन्, ‘सबै समयमा विश्वास र साथ दिनुभएकोमा तपाइँ सबै जनतलाई धन्यवाद ।’
सम्बन्धित खबर
दुर्गा प्रसाईं फेरि पक्राउ
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मतदानमा दुई लाख २१ हजार कर्मचारी खटिँदै
मतदानका लागि ७ दिनमात्र बाँकी, सुरक्षा निगरानी बढाइयो
२७ लाख बढी युवा विदेशमै, मतदान गर्न आउँदैनन्
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला