बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ ।
सबैभन्दा चासोका साथ हेरिएको नेशनल सिटिजन पार्टी (एनसीपी)को भने लज्जास्पद परिणाम आएको हो । एनसीपीले जम्मा ६ सिट ल्याएको छ ।
स्मरण रहोस्, २०२४ मा भएको जेनजी विद्रोहको कारण शेख हसिनाको बहुमत सरकार ढलेको थियो । हसिना देश छाड्न बाध्य भएकी थिइन् ।
हसिनाले देश छाडेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले बिहीबार निर्वाचन गराएको हो ।
यो निर्वाचनमा हसिनाको पार्टी सहभागी छैन । हसिनाको पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । तर, त्यही आन्दोलनको जगमा गठन भएको जेनजीहरूको पार्टी एनसीपीले भने लज्जास्पद परिणाम ल्याएको छ ।
नतिजा अस्वीकार, छानबिनको माग
चुनावमा लज्जास्पद हारलाई एनसीपीले भने अस्वीकार गरेको छ । चुनावी परिणाम आउँदै गर्दा विशेष पत्रकार सम्मेलन गरेर एनसीपीले परिणाम मान्य नभएको बताएको छ । परिणामलाई ‘षडयन्त्रपूर्ण ढंगले धाँधली’ गरेको बताएको छ ।
एनसीपीका प्रवक्ता आसिफ महमूद सजीबले भनेका छन्– नतिजा अत्यन्त बाल सुलभ तरिकाले हेरफेर भएका छन्, यी धाँधली भएका परिणामलाई हामीले स्वीकार गर्दैनौँ, निष्पक्ष छानबिन हुनुपर्ने माग हाम्रो छ ।
उनले ढाकाभित्रै निर्वाचन क्षेत्रहरूमा धाँधली भएको आरोप लगाएका छन् ।
यद्यपि, चुनावी परिणामलाई अन्तर्राष्ट्रिय समुदायले भने स्वागत गरेका छन् । चुनाव निष्पक्ष भएको अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको दाबी छ ।
परिणाम आइरहँदा अमेरिका र भारतले स्वागत गर्दै बीएनपीलाई बधाई दिएका छन् ।
बंगलादेशमा भ्रष्टाचार र सुशासनको मागसहित जुलाई २०२४ मा विद्यार्थी आन्दोलन सुरू भएको थियो । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरूद्ध उनीहरूले सुरूवाती दिनमा प्रदर्शन गरेका थिए ।
विद्यार्थी आन्दोलन विस्तारै भ्रष्टाचार र सरकारी दमनविरूद्ध विद्रोहमा परिणत भयो । तत्कालीन शेख हसिना नेतृत्वको सरकार आन्दोलनकारी विरूद्ध आक्रामक बन्दै सेनालाई सडकमा उतारेको थियो । सो आन्दोलनको क्रममा झण्डै १४ सय मानिसहरू मारिएका संयुक्त राष्ट्रसंघले जनाएको छ । मारिनेमा अधिकांश क्याम्पसमा अध्ययनरत विद्यार्थी र युवा थिए ।
आन्दोलन चर्किदै गएपछि हसिना देश छाडेर भारत भागेकी थिइन् । उनी देश छाडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले विहीबार निर्वाचन गराएको हो । शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन ।
पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोराले नेतृत्व गरेको बीएनपी पार्टीले भने सबैभन्दा धेरै सिट जितेर बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन् । बीएनपी करिब दुई दशकसम्म सत्ता बाहिर थियो ।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन् ।
अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।
सम्बन्धित खबर
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
सुनिल थापालाई सम्झिँदै प्रियंका चोपडाले भनिन्- तपाईं सँधै मेरो कोच भएर रहनुहुनेछ
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आजदेखि एक महिना निषेधाज्ञा
रवि लामिछानेको कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक !