स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

स्याङ्जा जिल्ला कारागारमा नेपाली सेनाको सुरक्षा, बिहीबार साँझदेखि जिम्मेवारी सम्हाल्यो

Nepali-Army-security-at-Syangja-District-Prison

स्याङ्जा सदरमुकामस्थित जिल्ला कारागारको सुरक्षा जिम्मा अब नेपाली सेनाले लिएको छ । बिहीबार साँझ ५ बजेदेखि कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले सम्हालेको हो ।

सिंह शार्दुल गुल्म, आँधीखोला ब्यारेकबाट २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको छ । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीति अपनाइएको छ । सोही निर्णयको कार्यान्वयनस्वरूप स्याङ्जा कारागारमा पनि सेना तैनाथ गरिएको बताइएको छ ।

सिंह शार्दुल गुल्म, आँधीखोला ब्यारेकका निमित्त गुल्मपती तथा सहसेनानी कल्याण थापाका अनुसार स्याङ्जा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हालिसकेको छ । उनले सरकारको निर्देशनअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको जानकारी दिए ।

कारागार सुरक्षामा सेनाको प्रत्यक्ष संलग्नतासँगै सुरक्षा व्यवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds