कास्की-२ का एमाले उम्मेदवार रश्मिले जन्मथलो भरतपोखरीको आशिर्वाद लिएर थाले निर्वाचन अभियान

राजनीति

कास्की-२ का एमाले उम्मेदवार रश्मिले जन्मथलो भरतपोखरीको आशिर्वाद लिएर थाले निर्वाचन अभियान

‘भरतपोखरीको धर्ती पुत्र सूर्य जस्तै चम्काउँछौ’– भरतपोखरीबासी

Rasmi Acharya News (6)

पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा ( एमाले ) को तर्फबाट कास्की क्षेत्र न २ का उम्मेदवार रश्मि आचार्यले आफ्नो जन्मथलो पोखरा ३३ भरत पोखरीबाट आफ्नो निर्वाचन अभियान शुरु गरेका छन् ।

पोखरा ३३ मा आयोजित विशेष कार्यक्रम मार्फत् उक्त क्षेत्रका स्थानियको शुभकामना ग्रहण गरेर उनले निर्वाचन अभियान प्रारम्भ गरेका हुन् ।

सो अवसरमा उम्मेदवार आचार्यले जन्मथलोको आशिर्वादले आफ्नो विजय यात्रा सुनिश्चित भैसकेको भन्दै हिजोको अधुरा काम र नयाँ योजना सहित सबैले गौरव गर्ने गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

‘हिजो यो क्षेत्रमा हाम्रा जनप्रतिनिधिले गरेका विकास र नीति निर्माणमा खेलेको गौरबशाली बिरासत झन उँचो बनाउनेछु । आफ्ना मतदाता र कास्कीबासीकै शिर निहुरिनुपर्ने काम गर्ने छैन’ – उनले भने।

सुशासन र भ्रष्टाचार नियन्त्रण मार्फत् उत्कृष्ट नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनबाटै विकास द्रुत हुन सक्ने आफ्नो ठहर रहेको उनले बताए ।

सो अवसरमा एमाले पूर्व केन्द्रिय सदस्य समेत रहेका गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले रश्मिको उम्मेदवारी सबै भरतपोखरीको साझा उम्मेदवारी भएको भन्दै आफ्नो उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराउन अनुकरणीय उदाहरण भरतपोखरी हुनेमा कुनै शंका नरहेको बताए ।

भरत पोखरीको धर्ती पुत्र जुझारू बौद्धिक युवा उम्मेदवार रश्मिलाई सूर्य जस्तै चम्काउने उल्लेख गर्दै जनसाथ नै विजयका लागि पर्याप्त हुने बताए ।

अनेमसंघ केन्द्रिय सल्लाहकार सृजना शर्मा, एमाले कास्कीका कार्यबाहक अध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटी अध्यक्ष जीवन प्रसाद आचार्य ,प्रदेश कमिटी सदस्य केशब आचार्य, तेजनारायण अधिकारी, कास्की दुईका संयोजक झपट रानाभाट, स्थानिय नेता कार्यकर्ता र युवाहरू सहित मतदाता साक्षात्कारमा ब्यस्त उम्मेदवार आचार्यलाई गर्नुपर्ने विभिन्न भावाी कामको बारेमा समेत सुझाव प्रदान गरेको नेकपा (एमाले ) पोखरा ३३ का अध्यक्ष टुकराज भण्डारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ