बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग

राजनीति

बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग

भारतका सात राज्य र नेपाल-भुटानलाई एउटै कित्तामा राख्दै बिदा भए बंगलादेशी सरकार प्रमुख

muhammad-yunus

काठमाडौं । बंगलादेशका अन्तरिम प्रधानमन्त्री मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि राजीनामा दिँदै गर्दा छिमेकी भारतप्रति छेडखानी गरेका छन् । युनुसले विदाई भाषणमा पुर्वोत्तर भारतका सात राज्य स्वतन्त्र हुनुपर्ने मान्यता दोहोर्‍याउँदै सेभेन सिस्टर्सको प्रसंग उठाएका हुन् ।

युनुसले विदाई भाषणमा भने–हाम्रो खुला समुद्र बंगलादेशको भौगोलिक सीमानामात्र होइन बरु विश्व अर्थव्यवस्थासँग सम्पर्कका लागि खुला ढोका पनि हो । यो क्षेत्रमामा नेपाल,भुटान र सेभेन सिस्टर्ससँग अथाह जबर्जस्त आर्थिक सामथ्र्य छ ।

पूर्वोत्तर भारतका सात राज्य अरुणाचल,आसामा,मणिपुर,मेघालय,मिजोरम,नागाल्याण्ड र त्रिपुरालाई एकसाथ सेभेन सिस्टर्स भन्ने गरिन्छ । युनुसले भारतको नाम लिएनन् तर भाषणमा सेभेन सिस्टर्सको प्रसंग उल्लेख गरेपछि भारतीय मिडियामा तरंग सिर्जना भएको छ ।

बीबीसीले भारतको नाम नलिई सेभेन सिस्टर्सको जिकिर गर्नुको अर्थ भारतका यी राज्यको राष्ट्रिय फरक रहेको र उनीहरु स्वतन्त्र हुनुपर्छ भन्ने रहेको जनाएको छ । यीमध्ये कतिपय राज्यका स्वतन्त्रताका लागि पृथकतावादी आन्दोलन समेत भएका छन् ।

युनुसले यसअघि पनि यी राज्य स्वतन्त्र हुनुपर्ने भनेका थिए । उनले ती सात राज्य अर्थात सेभेन सिस्टर्सको समुद्रसँग कुनै सम्पर्क नभएकाले ती इलाकाको अभिभावक पनि बंगलादेश नै रहेको दावी गरेका थिए ।

खासमा भारतको सिलगुढी कोरिडोरबाट बंगलादेश र नेपाल जोडिएका छन् । छोटो दूरीले नेपाल समुद्रसँग जोडिन नभएको यो घाँटीलाई चिकेन नेक समेत भनिन्छ । भुटान र चीन पनि यहि चिकेन नेकबाट केही दूरीमा छन् । यसलाई निकै संवेदनशील इलाका समेत मानिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ