निर्वाचनमा ७ दिनअघि मदिरा बिक्रीमा प्रतिबन्धदेखि सवारी साधनमा कडाइ‍सम्म

राजनीति

निर्वाचनमा ७ दिनअघि मदिरा बिक्रीमा प्रतिबन्धदेखि सवारी साधनमा कडाइ‍सम्म

पत्रकारलाई पनि सीमित पास

Election Commission nirbachan aayog

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न विभिन्न सात वटा निर्णयहरू गरेको छ ।

उक्त निर्णयहरू कार्यान्वयनका लागि व्यवस्था मिलाउन गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री– वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले भनेको छ । आयोगले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन) हरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय आयोगले गरेको छ ।

यस्ता छन् सात निर्णय :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ