तिमीले नजितेको युद्ध
मैले जित्नु छ
तिमीले नलेखेको इतिहास
मैले लेख्नु छ
अघोषित कर्फ्यु जस्तै
सडक मौन छ
आक्रोशका जुलुसहरु छैनन
तथापि शहर भयभीत छ ।
मलाई जुलुसको नेतृत्वकर्ता ठानी
वारेण्टेड लिस्टमा सूचीकृत गरिएको छ
रातो वर्णको
पाँच फिट अढाइ इन्च उचाइ भएको
मोटो शरीर
दायाँ गालामा कालो कोठी प्रष्टै देखिने
अन्दाजी पचास पचपन्न वर्षको लाग्ने भनी
प्रहरी मेरो हुलिया छोड्छ
म छद्म भेषमा
जासुस जस्तो
प्रहरी परिसरमै
आहोर दोहोर गर्छु ।
म मार्न मारिन प्रतिबद्ध भै
आन्दोलनमा गाँसिएको हुँ
मसँग थुप्रै असन्तुष्टिहरु छन्
असन्तुष्टिहरु व्यवस्थापन हुन नसकी
म पीडाले छट्पटिएर
मुक्त आकाशको खोजिमा
क्रान्ति यात्रामा सामेल छु ।
कथा जस्तो लाग्ने मेरो जीवन यात्रा
जीवन यात्रासँगै जन्मिएको क्रान्ति
प्रतिक्रान्ति विरुद्ध प्रतिकार गर्दै
पश्चगमनको भण्डाफोर गरी
अग्रगमनको चौतारीमा बसेर
म बाँसुरी बजाउँछु
अग्रगमन खुशीले नाचिदिन्छ
म बेजोडले ताली मार्छु ।
म निहत्था छु
मलाई गिरफ्तार गरौला
पाता कसौला
कोर्रा हानौला
म बक्ने छैन मेरो प्रतिबद्धता
बरु मृत्युवरण गरौँला
म हार स्वीकार्न तयार छैन
जितको नजिक पुगेर ।
– प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५
[email protected]
[सम्पादकीय नोटः यस कविता हामीलाई ईमेल मार्फत् प्राप्त भएको र सम्बन्धित व्यक्तिकै आग्रहमा प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।]
सम्बन्धित खबर
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
बिपीको विचार आज पनि लोकतन्त्रका लागि सान्दर्भिक
स्याङ्जामा हरित काव्य उत्सवको सुरुआत, लेखक संघमा नयाँ नेतृत्व चयन
गण्डकी लोकतारामा स्याङ्जाकी बत्ती चम्किइन्
गण्डकी लोकताराका लागि स्याङ्जाबाट बत्ती थापा छनोट
स्याङ्जामा स्रष्टा उत्सव: गीतदेखि गजलसम्म, तीन प्रतिभा सम्मानित
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन