स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान

Kiriyaputri-matadan-syangja-1

प्रतिनिधिसभा सदस्यका लागि भइरहेको निर्वाचनअन्तर्गत स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा बिहीबार भावुक र प्रेरणादायी दृश्य देखियो ।

शोकको समयमा पनि नागरिक कर्तव्यलाई प्राथमिकता दिँदै एकैघरका दुई मतदाता मतदानमा सहभागी भए । बाबुको किरिया बसिरहेका चन्द्रकान्त अर्याल र उनकी श्रीमती सुमित्रा पोख्रेल अर्यालले बिहीबार अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माध्यमिक विद्यालय मतदानस्थलमा पुगेर मत खसालेका हुन् ।

पारिवारिक शोकका बीच पनि उनीहरू मतदान केन्द्रमा पुग्दा त्यहाँ उपस्थित अन्य मतदाताको ध्यान खिचेको थियो । परिवारमा शोक परेकै अवस्थामा पनि लोकतान्त्रिक अभ्यासमा सहभागी हुन उनीहरू मतदान केन्द्र पुगेका थिए ।

मतदानपछि प्रतिक्रिया दिँदै चन्द्रकान्तले मताधिकार प्रयोग गर्नु कर्तव्य ठानेर आएको बताए । ‘मतदान हाम्रो अधिकार मात्र होइन, कर्तव्य पनि हो । त्यसैले यस्तो बेलामा पनि जिम्मेवारी पूरा गर्न आयौं,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ