स्याङ्जाको बिरुवा गाउँपालिका–८ का वडाध्यक्ष नवीन कुमार आलेको निधनप्रति शोक व्यक्त गर्दै गाउँपालिकाले आज गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले बुधबार शोक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष आलेको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था लगायत सबै सार्वजनिक संघ–संस्थामा आज बिदा दिने निर्णय गरिएको जनाएको हो ।
क्यान्सर रोगबाट पीडित आलेको पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार चार दिनअघि सामान्य बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । उपचारकै क्रममा मिर्गौला फेल भएपछि उनको मृत्यु भएको हो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा बिरुवा–८ बाट वडाध्यक्षमा निर्वाचित भएका आलेले ६७९ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार तिलबहादुर रानालाई १७१ मतको अन्तरले पराजित गरेका थिए । उनी नेकपा एमाले बिरुवा गाउँपालिका कमिटीका पूर्व उपसचिव समेत रहेका थिए ।
आलेको निधनले बिरुवा गाउँपालिकाको राजनीतिक, आर्थिक तथा सामाजिक विकासका साथै स्थानीय राजनीतिक तथा सामाजिक आन्दोलनमा अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा
स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही
१८ वर्षपछि नकवजनी चोरी मुद्दाका फरार कसूरदार पक्राउ
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन
स्याङ्जामा अझै घटेन बदर मत, प्रत्यक्षतर्फ मात्रै पाँच हजारभन्दा बढी
प्रत्यक्षपछि समानुपातिकमा पनि स्याङ्जामा रास्वपा नै पहिलो
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन
हर्कले भनेः सदनमा समय दिने र उत्तर दिने चाहिन्छ, सरकारको नेतृत्व रविले गर्दा राम्रो