इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान

अपराध

इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान

दुबईबाट आए इनिशाका बुवा, भन्छन् : छोरीले न्याय नपाएसम्म शव बुझ्दिनँ

ishaBK

सुर्खेत — गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई वीरेन्द्रनगर–१ बस्दै आएकी १६ वर्षीया इनिसा विकको मृत्यु यौनांगको भित्री भाग च्यातिएर अत्यधिक रक्तश्राव भई भएको पुष्टि भएको छ ।

विशेषज्ञ चिकित्सकको टोलीले प्रहरीलाई बुझाएको पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको प्रारम्भिक कारण खुलेको हो ।

पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार मृतकको ढाडमा घस्रिएको चोटपटक लागेको थियो भने यौनांगको बाहिरी र भित्री भाग च्यातिएको पाइएको हो । ‘यौनांगमा भएको गहिरो चोटका कारण अत्यधिक रक्तश्राव भएको पाइयो, जसका कारण उनको मृत्यु भयो, ‘भेरी अस्पतालका फोरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यले भने, ‘बलपूर्वक यौनसम्पर्क भएको देखिन्छ, जसले यौनांगको भित्री र बाहिरी दुवै भागमा चोट लागेको देखियो ।’

शनिबार उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेका थिइन् । प्रहरी र स्थानीयले उद्धार गरी प्रदेश अस्पताल ल्याए पनि उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालयले घटनामा संलग्न भएको आरोपमा चार नाबालकलाई पक्राउ गरेको छ । उनीहरुको बयान र पोस्टमार्टम रिपोर्टका आधारमा जरबरजस्ती करणी भएको पुष्टि भएको कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए ।

‘भिसेरा परीक्षणपछि पनि थप प्रमाण खुल्ला, जसका लागि रगत र स्वाब संकलन गरेका छौ,’ उनले भने, ‘हाइमन (यौनांगको भाग) च्यातिएर अत्यधिक रक्तश्राव भएको पाइयो,’ उनले भने, ‘आरोपीहरुको बयानमा पनि त्यो कुरा खुलेको छ, दुवै प्रमाणका आधारमा बलात्कारपछि हत्या भएको भन्न सकिन्छ ।’

प्रहरीलाई दिएको बयानमा १६ वर्षीय ती किशोरले साथीहरुको सहयोग मात्र मागेको सामूहिक बलात्कार नभएको बताएका छन् ।

२३ गते इनिसा र उनीसँगै पढ्ने सुर्खेत घर भएका १६ वर्षीय किशोर वीरेन्द्रनगरमा रहेको जनजागरण सामुदायिक वनमा हात समाएर हिँडिरहेको सीसीटीभी फुटेजमा देखिएको छ ।

प्रेमी भनिएका किशोरको बयान

२३ गते शनिबार बिहान ७ बजे इनिसा र म सल्लाह गरेरै वीरेन्द्रनगरमा रहेको सहिद पार्क नजिकै जंगलमा गयौं । इनिसाका लागि काँटा चुरालगायत विभिन्न गिफट ल्याएको थिएँ ।

इनिसा र मैले दुई वर्षयता शारीरिक सम्पर्क राख्दै आएका थियौं । त्यो दिन पनि धेरैबेरको गफगाफपछि दुवैको सहमतिमा तयार भयौं । सम्पर्क राखिसकेपछि इनिसाको यौनांगबाट अत्यधिक रगत बग्यो । अनि इनिसा बोल्न छोडिन् । म एकदमै आत्तिएँ । यताउता सारेँ, हातखुट्टा चलाएँ ।

८:२५ मिनेटमा मैले मिल्ने साथीहरूलाई फोन गरेर आफ्नो समस्या राखेँ तर उनीहरुले आउन इन्कार गरे । पटकपटक फोन गरेपछि ३ जना साथी आए । इनिसा नबोलेपछि साथीहरू जंगल नजिक रहेको गाउँमा स्थानीयलाई खबर गर्न गए । गाउँले आइपुगेपछि प्रहरीलाई करिब ९:४५ मा खबर गरे । प्रहरी आएर अस्पताल पुर्‍याउँदा १० बजिसकेको थियो ।

दुबईबाट आए इनिशाका बुवा, भन्छन् : छोरीले न्याय नपाएसम्म शव बुझ्दिनँ

इनिशा विकका बुवा सुर्खेत आइपुगेका छन् । छोरीको हत्या भएको खबर पाएपछि उनी दुबईबाट भारत हुँदै सुर्खेत आएका हुन् । रोजगारीका लागि दुबईमा रहेका ४० वर्षीय इन्द्रबहादुर विकले छोरीको हत्या योजनाबद्ध रूपमा भएको दाबी गरेका छन्।

‘पार्कबाट घना जंगलतिर लगेर विभिन्न सामान देखाएर फकाई मेरो छोरीको हत्या गरिएको देखिन्छ,’ उनले भने, ‘मेरो छोरीले न्याय नपाएसम्म म शव बुझ्दिनँ।’

छोराछोरीलाई राम्रो शिक्षा दिन सकियोस् भनेर आफू वैदेशिक रोजगारीका लागि गएको बताउँदै उनले विद्यालयको पनि लापर्बाही देखिएको आरोप लगाए । घटनामा संलग्न भनिएका युवक र उनका परिवारलाई विद्यालयले पटक-पटक सम्झाएको भन्ने कुरा पछि मात्र आफूहरूले सुनेको उनले बताए ।

‘त्यस्तो कुरा भएको रहेछ भने हामीलाई किन जानकारी गराइएन ? किन लुकाइयो ?,’ उनले प्रश्न गरे, ‘मेरो सपनाको संसार उजाडियो।’

इन्द्रबहादुरका अनुसार उनकी छोरी पढाइमा राम्रो थिइन् र भविष्यमा डाक्टर वा नेपाली सेनाको अधिकृत बन्ने सपना सुनाउँथिन् । ‘छोरीको भविष्य बनाउन म दुबई गएको थिएँ,’ उनले भने, ‘तर यता छोरीको सपना बीच बाटोमै लुटियो ।’

विद्यालयले घटनाबारे अभिभावकलाई समयमै जानकारी नदिएको भन्दै उनले त्यसमा पनि कमजोरी देखिएको बताए। ‘विद्यालयभित्र भएको कुरा हामीबाट लुकाइयो,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ