प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका निर्वाचन प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ गरिएको छ । निर्वाचन सुरक्षामा योगदान दिएका प्रहरीहरूलाई बिहीबार प्रशंसापत्र प्रदान गर्दै औपचारिक रूपमा बिदाइ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, इलाका प्रहरी कार्यालय चापाकोट र इलाका प्रहरी कार्यालय चिसापानीमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उनीहरूलाई बिदाइ गरिएको स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
निर्वाचन सुरक्षामा खटिएका प्रहरीहरूलाई बुधबार सूचना जारी गरेर बिदाइ कार्यक्रममा उपस्थित हुन भनिएको थियो । सोही अनुरूप आयोजित कार्यक्रममा अधिकांश प्रहरी पोशाकमै उपस्थित भई सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा उनीहरूलाई निर्वाचन अवधिमा निर्वाह गरेको भूमिकाको कदर गर्दै प्रशंसापत्र वितरण गरिएको थियो ।
निर्वाचन सुरक्षाका लागि स्याङ्जामा कुल २ हजार १ सय १५ जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो । जिल्लाभित्र उपलब्ध जनशक्तिसँगै बाहिरी जिल्लाबाट समेत प्रहरी ल्याइएको थियो । जसअन्तर्गत तनहुँबाट ६७, कास्कीबाट १ सय ३९ र नवलपरासीबाट २ सय ९० जना प्रहरी स्याङ्जामा खटिएका थिए भने जिल्लाभित्रबाट १ हजार ६ सय १९ जना छनोट गरिएको थियो ।
निर्वाचन अवधिभर ती प्रहरीहरू विभिन्न मतदान केन्द्र र संवेदनशील स्थानमा खटिएर सुरक्षा व्यवस्थापनमा सक्रिय बनेका थिए । निर्वाचनलाई शान्तिपूर्ण बनाउन योगदान दिएका प्रहरीलाई सम्मानपूर्वक बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
निर्वाचन सुरक्षामा खटिएका प्रहरीलाई स्याङ्जामा सम्मानसहित बिदाइ
बुबाको हत्या आरोपमा छोरालाई कारागार
स्याङ्जामा नेकपा एमालेका चार नेता पार्टीबाट निष्कासित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
बिरुवा–८ का वडाध्यक्ष आलेको निधन, गाउँपालिकाभर आज सार्वजनिक बिदा
स्याङ्जाका बजारमा ग्यास अनुगमन, कृत्रिम अभाव गराउनेलाई कारबाही
यो पनि पढौँ
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते