स्याङ्जाको बिरुवा गाउँपालिकामा वडा स्तरीय नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको वडा नम्बर १ बिरुवा बजारस्थित खेलमैदानमा आगामी वैशाख ११ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने बताइएको छ ।
गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा पुरुष तथा महिला भलिबल, ब्याडमिन्टन, भेट्रान्स भलिबल र पुरुष सर्टपुटका खेलहरू समावेश गरिएको छ ।
पुरुष भलिबलतर्फ विजेताले ८० हजार, उपविजेताले ५५ हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने महिलातर्फ प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी, ब्याडमिन्टन पुरुषतर्फ प्रथम हुनेले १२ हजार, द्वितीयले ८ हजार र तृतीयले ४ हजार साथै महिलातर्फ प्रथम हुनेले ७ हजार, द्वितीयले ५ हजार र तृतीयले ३ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, भेट्रान्स भलिबलतर्फ विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्टपुटतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जनप्रतिनिधि, कर्मचारी, शिक्षक र स्थानीय खेलकुद समिति बीच मैत्रीपूर्ण भलिबल खेल समेत हुने समितिका सदस्य सचिव गिरिराज रोका मगरले बताए । उनले विजेता हुने टिमलाई १० हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने बताए ।
सम्बन्धित खबर
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागू हुनेछ नयाँ नियम
बिरुवामा निःशुल्क आँखा शिविरबाट पाँच सयभन्दा बढीले पाए सेवा
वालिङमा ‘फर्स्ट एक्स्पो’ पर्व सुरु, पर्यटन र व्यापार प्रवर्द्धनमा जोड
एक लाख बढी मूल्यका बिलबिनाका खाद्य सामग्रीसहित मिनी ट्रक नियन्त्रणमा
स्याङ्जामा दुई युवक लागूऔषधसहित पक्राउ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप