सरकारले काठमाडौं उपत्यकाको थापाथली, सिनामंगल, मनोहरा, शंखमूल, बालाजुलगायत विभिन्न स्थानको सुकुम्बासी बस्ती खाली गरी त्यहाँ बस्दै आएकाहरूलाई त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘स्क्रिनिङ’ गरी कीर्तिपुरस्थित राधास्वामी व्यास सत्संग, बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र भक्तपुरको खरिपाटीमा राखेको छ ।
यसरी ‘होल्डिङ सेन्टर’मा बसेका युवा अहिले भने सीप सिक्न व्यस्त देखिएका छन् । सिनामंगल गैरीगाउँको सुकुम्बासी बस्तीबाट कीर्तिपुरस्थित राधास्वामी व्यास सत्संग ‘होल्डिङ सेन्टर’मा आएका ४२ वर्षीय रबानी अन्सारीले सोही ‘होल्डिङ सेन्टर’मा बस्दै आएका सुमीन मगर, विजय मगर र आशिष श्रेष्ठलाई कपडामा बुट्टा हान्ने काम सिकाइ रहेका छन् । सानै उमेरदेखि यही काम गर्दै आएका अन्सारीले ‘होल्डिङ सेन्टर’मा यो सीप सिक्न चाहनेहरूलाई सिकाउँदै आएका छन् ।
‘होल्डिङ सेन्टर’मा फुर्सदिलो समयमा सीप सिक्न पाउँदा राम्रो लागेको सुमीनले बताइन् । ‘होल्डिङ सेन्टरमा दिनभर सुत्ने, केही काम गर्न नपाइने अवस्था थियो, अहिले दाइसँग कपडामा बुट्टा हाल्ने काम सिक्न पाउँदा समय खेरगएको जस्तो लाग्दैन’, उनले भनिन् ।
रबानी अन्सारीका अनुसार यो पेसामा राम्रो कमाइ गर्न सकिने र बजारमा यसको माग पनि धेरै छ । उनले ‘होल्डिङ सेन्टर’मा मात्र नभएर सीप सिक्न चाहनेलाई नि:शुल्क ‘होल्डिङ सेन्टर’बाहिर पनि सिकाइदिने बताए ।
सम्बन्धित खबर
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु