स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्र अध्ययनरत १६७ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका तथा अध्ययनमा उत्कृष्ट विद्यार्थीलाई लक्षित गर्दै नगरपालिकाले कक्षा ११–१२ र क्याम्पस तहका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।
नगरपालिकाका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११–१२ का २० प्रतिशत र क्याम्पस तहका १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । छात्रवृत्ति रकम वार्षिक शुल्क बराबर उपलब्ध गराइएको जनाइएको छ ।
नगरपालिकाले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरेको जनाएको छ । यसले गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षातर्फ आकर्षित गर्नुका साथै सामुदायिक विद्यालय र क्याम्पसप्रति विद्यार्थी तथा अभिभावकको भरोसा बढाउने अपेक्षा गरिएको छ ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले आफू निर्वाचित भएपछि लिएको पहिलो निर्णयमध्ये शिक्षा क्षेत्रमा सहयोग गर्ने योजना पनि रहेको बताए । उनले वडा, विद्यालय र क्याम्पसको सिफारिसका आधारमा छात्रवृत्ति वितरण गरिएको जानकारी दिए ।
स्थानीयवासीले छात्रवृत्ति कार्यक्रमपछि आर्थिक समस्याका कारण पढाइ छोड्नुपर्ने अवस्था केही हदसम्म कम भएको बताएका छन् ।
सम्बन्धित खबर
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला