प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्‍यो स्वागत

स्वागत तथा सम्मान

प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्‍यो स्वागत

विद्यार्थीमाझ प्रकाश दूतराज एण्ड ब्याण्डको बेजोड प्रस्तुति

prati bann

पोखरा, २४ जेठ ।

‘…म कुनै पनि प्रकारका दुर्व्यसन, हिंसा, भेदभाव र अनैतिक कार्यबाट टाढा रहनेछु । म ज्ञान, सीप, चरित्र र नेतृत्व विकासका अवसरहरूको सदुपयोग गर्दै आफ्नो, विद्यालयको र राष्ट्रको गौरव बढाउन निरन्तर प्रयत्न गर्नेछु …’ यी वाक्यांश पोखराको प्रतिभा माविका नवआगन्तुक विद्यार्थीलाई गराइएको सपथको हो ।

विद्यार्थीलाई उच्च नैतिकता र अनुशासनमा स्वप्रेरित गर्ने हेतु विद्यालयले सपथ ग्रहण गराएको हो । उत्कृष्ट नतिजाले नेपालमै अब्बल विद्यालयमा आफूलाई उभ्याएको पालिखेचोक स्थित प्रतिभा माविले शनिबार विज्ञान संकाय र आइतबार व्यवस्थापन तथा होटल व्यवस्थापन संकायका गरी कुल ८८० जना कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई सपथ ग्रहण गराउँदै स्वागत गरेको छ ।

विद्यालयले पोखरा सभागृह दुई दिनसम्म भरिभराऊ हुने गरी अभिभावकसमेत आमन्त्रण गरी नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्प्रेरणामुलक कार्यक्रम आयोजना गरेको हो । माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तिर्ण गरी प्रतिभामा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अहिलेका लोकप्रिय गायक प्रकाश दूतराज एण्ड ब्याण्डको सांगीतिक प्रस्तुतिसँगै स्वागत गरेको हो ।

दोस्रो दिन कार्यक्रमका प्रमुख अतिथि मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुभिल, विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल लगायतले उद्घाटन गरे ।

प्रमुख अतिथि ओडुभिलले जिन्दगीमा सुखदुःख धेरै हुने भएपनि प्रगतिशील हुन विद्यार्थीलाई सुझाए । उनले विद्यार्थीलाई सकारात्मक सोच राख्न पनि सुझाव दिए । ‘सकारात्मकताले मात्र सफलता हात पार्छ,’ उनले भने, ‘विद्यार्थी सफल हुनका लागि उनीहरुमा मेहनत जरुरी छ । विद्यार्थीले मेहनतका साथ अध्ययन गर्ने हो भने लक्ष्यमा पुग्न सहज हुन्छ ।’

प्रतिभा संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीले मेहनत गरेर अध्ययन गरेको खण्डमा त्यसको परिणाम पनि उत्कृष्ट नै आउने बताए । समय अनुसारको शिक्षा दिलाउन विद्यालय हरदम तयार रहेको उनले सुनाए । ‘प्रतिभाले हरेक वर्ष हरेक क्षेत्रमा प्रतिभा उत्पादन गरिरहेको छ । आगामि दिनमा ती प्रतिभा अझै थपिनेछन,’ उनले भने, ‘विद्यार्थीलाई प्रतिभावान बनाउन हामी हरदम छौं ।’

कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यार्थीले देखेको सपना पूरा गर्नका लागि विद्यालय सदैव तयार रहेको बताए । धेरै उत्कृष्ट नतिजा ल्याएकाहरू साइन्स पढ्ने, अलि कम हुनेमात्र व्यवस्थापन तथा अरु पढ्ने भन्ने भाष्य समाजले निर्धारण गरेपनि जागिर दिनेहरू, उच्च तहमा बसेर तल निर्देशन दिनेहरू म्यानेजमेन्टकै विद्यार्थी रहेको भन्दै यस्तो भावना मनमा नराख्न उनले सुझाए । व्यवस्थापन विषय आफैमा अब्बल रहेको भन्दै प्राचार्य सापकोटाले विश्वमा अहिले यति धेरै प्रतिश्पर्धा छ कि ? जागिर खाने होइन, अब जागिर दिने व्यक्ति बन्नुपर्ने बताए ।

‘जीवनमा धनी र शक्तिशाली भन्दा असल मान्छे बन्नुपर्छ,’ नवआगन्तुक विद्यार्थीलाई सुझाव दिँदै उनले भने, ‘त्यसका लागि मेहनत चाहिन्छ । सबै विद्यार्थीसँग कुनै न कुनै खालको क्षमता हुने भएकोले क्षमता पहिचान गर्न सक्नुपर्छ । हिँड्ने मान्छे नै लड्ने हो, त्यसैले हरेक लडाईंबाट उठ्न सक्नुपर्छ । सगरमाथा चढ्ने लक्ष्य लिँदा आधार शिविरमा अड्कन पनि सकिन्छ । स्वीकार गर्नुपर्छ । बुबाआमाको सपना पूरा गर्ने प्रण गरौं । जीवनमा धनी र शक्तिशालि व्यक्ति बनिएला तर असल बन्नुपर्छ ।’

कार्यक्रममा विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत भलिवल खेल क्षेत्रमा विशेष योगदान गरेको भन्दै म्याग्दी जिल्ला भलिवल संघलाई २५ हजार रुपैयाँ सहित सम्मान गरेको थियो । प्रतिभा माविमा भलिवल खेलको जग बसालेका र हाल म्याग्दी जिल्ला भलिवल संघका अध्यक्ष समेत रहेका तेजेन्द्र बानियाँ र संघका सदस्य तथा प्रतिभा माविका भलिवल प्रशिक्षक कुमार किसानलाई उक्त अवसरमा सम्मान गरियो ।

कार्यक्रममा चर्चित गायक प्रकाश दुतराज र उनको नयाँ ब्याण्डले गीत प्रस्तुत गरेका थिए । प्रतिभाका दुवै दिन दूतराजको ब्याण्डको प्रस्तुती रह्यो । एकल रुपमा हिट गीत प्रस्तुत गर्दै आएका दूतराजले भदौदेखि अब ब्याण्डमार्फत् सार्वजनिक हुँदैछन् । त्यसअघि नै प्रतिभाले दूतराजको नयाँ ब्याण्डलाई आफ्ना विद्यार्थीमाझ प्रस्तुत गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरूले आफ्नो सांगीतिक प्रस्तुती राखे । विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरे ।

शनिबार प्रतिभा रोजेका ४ जिपिए ल्याउने २८ विद्यार्थी, अभिभावक र सम्बन्धित विद्यालयलाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित समाचारः

उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

मन्दिप केसी

मन्दिप केसी

केसी गण्डकन्यूजका फोटो जर्नालिस्ट हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds