काठमाडौं : मनसुन अन्ततः नेपाल भित्रिएको छ। यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको केही भू-भागमा प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागले मनसुन आगमन बुलेटिन-१ जारी गरेर उक्त जानकारी दिएको हो।
मनसुन हाल कमजोर अवस्थामा रहेको र देशका अन्य भू-भागमा विस्तार हुन अझै केही दिन लाग्ने विभागले जनाएको छ। नेपालको पूर्वी भू-भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो। यस वर्षको मनसुन सरदर भन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ।
यस मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ।
प्रशान्त महासागरमा विकास भएको एल निनो प्रणालीका कारण पनि मनसुनको आगमन ढिला भएको हो।
अघिल्लो वर्ष सरदरभन्दा १५ दिन अगाडि मनसुन भित्रिएको थियो। यसपालि मनसुनमा औसतभन्दा कम वर्षा र बढी गर्मी हुने विभागले प्रक्षेपण गरेको छ।
गएको चौबीस घन्टामा तनहुँमा धेरै भारी वर्षा भएको छ। तनहुँको कोटगाउँमा १३६ मिलिमिटर वर्षा भएको छ। बन्दीपुरमा ८१ मिलिमिटर, दमौलीमा ६९ मिलिमिटर बागलुङको श्रीकांङमा ७५ मिलिमिटर, कास्कीको याङ्जाकोटमा ६४.४ मिलिमिटर, गोरखामा ५४ मिलिमिटर वर्षा भएको छ।
अन्य भूभागमा हल्कादेखि मध्यम र भारी वर्षा भएको छ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
गण्डकी, कोशी र बागमतीमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना
काठमाडौँसहित देशभर मनसुनी वायुको असर: कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना?
दुई दिन अतिभारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना
आगामी ४–५ दिनभित्र देशभर मनसुन फैलिने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन