काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को खेलमा जोर्डनलाई पराजित गर्दै अर्जेन्टिना समूह विजेता बनेको छ। डालास स्टेडियममा भएको खेलमा जोर्डनलाई ३-१ ले पराजित गरी अर्जेन्टिना समूह विजेता बन्दै नकआउट खेल्ने भएको हो।
पहिलो हाफ २–० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा १ गोल बेहोर्दै अर्को १ गोल थपेको हो। खेलको १९ औं मिनेटमा जिओभानी लो सेल्सोले पेनाल्टी बक्स बाहिर पाएको फ्रिकीलाई गोलमा परिणत गरेका थिए।
२८औं मिनेटमा पेनाल्टी बक्समा अर्जेन्टिनाका खेलाडीमाथि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। खेलको ३१औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी मार्फत अग्रता दोब्बर बनायो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले पेनाल्टीमा गोल गरेका हुन्।
खेलको ४८ औं मिनेटमा अर्जेन्टिनाले तेस्रो गोल गरेको थियो तर यो गोल अफसाइड घोषित भयो। ५५ औं मिनेटमा जोर्डनले अर्जेन्टिनाविरुद्ध गोल फर्काएको थियो। जोर्डनका लागि मुसा अल तमारीले अर्जेन्टिनाविरुद्ध गोल गरेका हुन् ।
खेलको ६० औं मिनेटमा लाउटारो मार्टिनेजलाई प्रतिस्थापन गर्दै लियोनल मेस्सी मैदान प्रवेश गरे। दोस्रो हाफमा मैदान प्रवेश गरेका लियोनल मेस्सीले खेलको ८० औं मिनेटमा फ्री किकमार्फत उत्कृष्ट गोल गरे।
अर्जेन्टिना समूह चरणको ३ खेलमा ३ जितसहित ९ अङ्क जोड्दै नकआउट खेल्दैछ। समूह विजेताको रूपमा अर्जेन्टिनाले नकआउटमा केप भर्डेसँग खेल्नेछ। अर्जेन्टिनासँग पराजित भएको जोर्डन भने यसअघि नै समूह चरणबाट बाहिरिसकेको छ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित