फिफा विश्वकपमा चार पटकको विजेता जर्मनी र नेदरल्यान्ड्स पेनाल्टीमा बाहिरिए

खेलकुद

फिफा विश्वकपमा चार पटकको विजेता जर्मनी र नेदरल्यान्ड्स पेनाल्टीमा बाहिरिए

जापान स्तब्ध, ब्राजिल विजयी

germany player

Photo: SkySports

काठमाडौं । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा पाराग्वेसँग पेनाल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा जर्मनी र पाराग्वेबीच १-१ को बराबरी थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो ।

पेनाल्टी प्रहारमा जर्मनी र पाराग्वेका समान दुई जनाले पेनाल्टी मिस गरेका थिए । जर्मनीका काई हार्भेज र निक वेटेमेडले गोल गर्न सकेनन् । यस्तै, पाराग्वेका फाबियन फलुबेना र एन्टोनियो सानाबिरा पनि पेनाल्टीमा चुकेका थिए ।

पेनाल्टी सुटमा पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा प्रवेश गरेको थियो । त्यसमा जर्मनीका जोनाथ ताह पेनाल्टीमा चुके । पाराग्वेका जोस क्यानलेले गोल गरेपछि खेलमा जर्मनी पराजित हुन पुग्यो ।

खेल सकिएपछि मैदानमा जर्मन खेलाडी र समर्थकहरू आँसुमा डुबेका थिए। यो जितलाई पराग्वेको फुटबल इतिहासकै सबैभन्दा ठूलो र गौरवपूर्ण नतिजा मानिएको छ।

अब पराग्वेले अन्तिम १६ मा फ्रान्स वा स्वीडेनमध्ये एकसँग सामना गर्नेछ। जर्मनीका लागि भने यो विश्वकप निकै निराशाजनक रुपमा अन्त्य भएको छ।

यसैगरी, पेनाल्टी सुट आउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को जारी विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

निर्धारित समयमा दुवै टोलीले १- १ गोलको बराबरी खेलेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो। तर अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

मेक्सिकोको मोन्टेरे स्टेडियममा भर्खरै सकिएको खेलमा नेदरल्यान्ड्सलाई ३-४ ले पराजित गर्दै मोरक्को विजयी भएको हो। पेनाल्टीसुटआउटमा मोरक्कोले ३ र नेदरल्यान्ड्सले २ गोल मात्रै गर्न सक्यो।

मोरक्कोका गोलकिपर यासिन बोनोले नेदरल्यान्ड्सले प्रहार गरेको एक बल बचाउ गरे। उनी खेलमा नायक बने। दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्।

मोरक्कोका लागि सौउफिन रहिमी, चेम्सडाइन ताल्बी, इस्माइला साइबरीले पेनाल्टीमा गोल गरे।

मोरक्कोका नेइल एल आइनाउइको प्रहार बाहिरियो भने कप्तान असरफ हाकिमीको प्रहार पनि पोस्टमा लागेर फर्कियो।

नेदरल्यान्ड्सका लागि टिउन कुपमेइनर्स र वाउट वेघोस्टले मात्र गोल गर्न सके।

नेदरल्यान्ड्सका जस्टिन क्लुइभर्ट र क्विन्टन टिम्बरको पेनाल्टी प्रहार पोस्टमा लागेर बाहिरियो।

खेलमा नेदरल्यान्ड्सका गाक्पोले ७२औँ मिनेटमा पहिलो गोल गरेका थिए।

नेदरल्यान्ड्स जित नजिक पुगेको बेला मोरक्कोका इसा डिओपले इन्जुरी समयको पहिलो मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसपछि खेल रोमाञ्चक बनेको हो।

ब्रजिल विजयी

सोमवार राति भएको अर्को खेलमा ब्रजिलले जापानलाई पराजित गरेको छ।

खेलको ९५औँ मिनेटमा ग्याब्रिअल मार्टिनेलीले गोल गरेपछि जापान २-१ ले पराजित भएको हो।

खेलको पहिलो हाफमा जापानले निकै राम्रो प्रदर्शन गर्दै २९औँ मिनेटमा काइशु सानोले पहिलो गोल गरेका थिए।

तर दोस्रो हाफको ५६औँ मिनेटमा ब्रजिलका क्यासेमिरोले बराबरी गरिदिएका थिए।

ब्रजिलले यसअघि पाँचपटक विश्वकप उपाधि जितिसकेको छ – सन् १९५८, सन् १९६२, सन् १९७०, सन् १९९४ र सन् २००२ मा।

अब अन्तिम १६को चरणमा ब्रजिलले नर्वे र आइभोरी कोस्टबीचको खेलको विजेतासँग खेल्ने छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds