काठमाडौँ – त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको न्यायको माग गर्दै मुगुवासीले काठमाडौँमा प्रदर्शन गरेका छन्।
उनीहरूले बिहीबार साँझ माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले ‘बेरोजगार युवालाई ट्राफिक आतंक बन्द गर, बेरोजगार युवालाई मर्न बाध्य बनाउने बालेन सरकार मुर्दावाद, बेरोजगार युवालाई निराशा र पीडामा धकेल्ने नीति र व्यवहारको अन्त्य गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
मुगुको सोरु गाउँपालिका– १ का २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। प्रहरीका अनुसार नगर प्रहरीले उनको पार्किङ गरेको मोटरसाइकलमा ह्वीललक लगाएपछि उनले आत्मदाह प्रयास गरेका हुन्।

वीर अस्पतालमा उनको उपचार भइरहेको छ। उपचारका संलग्न चिकित्सकका अनुसार उनको अवस्था गम्भीर छ। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
‘राइड सेयरिङ’ मार्फत जीविकोपार्जन गर्दै आएका नेपालीले नगर प्रहरीले आफ्नो बाइकमा ‘ह्वील लक’ लगाइदिएका आत्मदह प्रयास गरेको भन्ने उनको परिवार र आफन्तको भनाइ छ।
तीन जना नगर प्रहरी पक्राउ
गणेश नेपाली आत्मदह प्रयास प्रकरणमा तीन जना नगर प्रहरी पक्राउ परेका छन्। २ जना महिला नगर प्रहरी र १ जना पुरूष नगर प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
साेधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिएकाे प्रहरी परिसर काठमाडौँले जानकारी दिएकाे छ।
सम्बन्धित खबर
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
रोल्पामा पहिरोले बस्ती नै बग्यो, पुरिएकामध्ये १० जनाको शव भेटियो, ३ जना अझै बेपत्ता
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते