सिन्धुलीको फिक्कल गाउँपालिका -२ नवलपुर पुल नजिक यात्रु सवार कार सुनकोसी नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी (डिएसपी) विजय श्रेष्ठका अनुसार काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०८००१ ख ०१४४ नम्बरको गणेश हिमाल तराई यातायात प्रालिको बसले ठक्कर दिँदा यात्रुसहितको कार सुनकोसी नदीमा खसेको हो ।
नदीमा खसेको कार र यात्रुको एकिन हुन सकेको छैन । प्रारम्भिक जानकारीअनुसार उक्त कार बससँग ठोक्किएपछि सुनकोसी नदीमा खसेको हो। कारमा एकजना निर्माण व्यवसायी,एकजना अपरेटरसहित चारजना सवार रहेको अनुमान गरिएको छ।

मध्यपहाडी राजमार्गमा रोकि रहेको कारलाई ओभरटेक गर्ने क्रममा बसले ठक्कर दिएको बसमा सवार यात्रुहरूले बताएका छन् । घटनास्थलमा रहेका गोलन्जोर गाउँपालिका १ का वडा अध्यक्ष सोम प्रसाद बरालका अनुसार कारमा सिन्धुपाल्चोक घरभई हाल मध्यपहाडी लोकमार्गका ठेकेदार दिलकुमार तामाङसहितका व्यक्ति सवार रहेका थिए। कार दुर्घटनास्थलबाट करिब ५० मिटर तल सुनकोसी नदीमा डुबेको छ।
घटनास्थलमा नेपाल प्रहरी,खुर्कोटस्थित सशस्त्र प्रहरीको गोताखोर टोली तथा स्थानीयले संयुक्तरूपमा खोजि कार्यमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए