प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा आइपुगेका छन् । प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जाने बिहीबार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बालेन पोखरा आएका हुन् । प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक गरिएको छ ।
अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको बताइन्छ । प्रधानमन्त्री बालेनको बसाइका लागि काठमाडौंबाटै सुरक्षा जाँच र प्रबन्ध मिलाउनका निम्ति टोली अस्ताममा पहिल्यै आइसकेका छन् ।
प्रधानमन्त्री बालेनले कहाँ-कहाँ भ्रमण गरेर अन्नपूर्ण भिलेजमा बास बस्ने हुन्, के-के कार्यक्रम छन् भन्ने सार्वजनिक भइसकेको छैन ।
कास्की र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरूले आफूहरूलाई औपचारिक जानकारी नआएको बताएका छन् ।
प्रधानमन्त्री बालेन बस्ने अन्नपूर्ण इको भिलेज विश्व अधिकारी परिवारले चलाएका हुन् । यो रिसोर्ट प्रकृति, ध्यान, परम्परा र आथित्यतालाई जोडेर निर्मार्ण गरिएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लुअगायतका हिम शृङ्खलासँगै सुन्दर दृश्वावलोकन गर्न सकिन्छ ।
यहाँ साधारणतया १५ देखि २० वटा परम्परागत शैलीका कोठाहरू प्रयोग गरेर आरामदायी कोठा निर्माण गरिएका छन् । परम्परागत रूपमा ढुंगा कुदेर, काठ प्रयोग गरेर बनाइएको रिसोर्टबाट देखिने दृश्यका कारण पनि चर्चित छ ।
यो वातावरणमैत्री र प्रांगारिक अवधारणामा सञ्चालित ग्रामीण रिसोर्ट हो । रिसोर्टमा सौर्य ऊर्जा, पानी पुनः प्रयोग गर्ने प्रविधि र स्थानीय प्राकृतिक स्रोत साधनको प्रयोग गरिएको छ ।
रिसोर्टमै आफ्नै प्रांगारिक फार्म छ । जहाँ फलफूल, तरकारी र अन्य खाद्यान्न उत्पादन गरी पाहुनाहरूलाई ताजा र पौष्टिक खाना खुवाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।
शहर नजिकै तर ग्रामीण र प्राकृतिक स्वाद मिल्ने रिसोर्टमा ध्यानका लागि धेरै विदेशी जाने गरेका छन् । योग र प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि अन्नपूर्ण इको रिसोर्ट रोजाइमा पर्ने गरेको छ ।
यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य निकै आकर्षक देखिन्छ । योग, ध्यान तथा वेलनेस सत्रका लागि खुला तथा शान्त ठाउँहरू र अस्ताम आसपासका डाँडाकाँडा, जंगल र स्थानीय गाउँहरूमा छोटो हाइकिङ वा प्रकृति पदयात्राका लागि पनि यो ठाउँ प्रख्यात छ ।
सम्बन्धित खबर
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट
ओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो
दसैँको शुभकामना दिँदै पूर्वराजा शाहले भने: शोकलाई शक्तिमा बदल्दै जीवनको यात्रा तय गरौँ
राजमार्गका होटललाई निर्देशन : अनिवार्य मूल्यसूची राख्नू, ग्राहकलाई बिल दिनू
रास्वपा उम्मेदवार बन्न सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य
यो पनि पढौँ
मुख्यसचिव कार्कीकाे जागिर जाने भएपछि बालेनले रोके संघीय निजामती अध्यादेश
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो