प्रधानमन्त्री बालेन शाह शुक्रबार पोखरा आइपुगेका छन् । प्रधानमन्त्री मुस्ताङ भ्रमणमा जाने बिहीबार सार्वजनिक भएको थियो ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक बालेन पोखरा आएका हुन् । प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाको धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेज बुक गरिएको छ ।
अन्नपूर्ण इको भिलेजका सबै कोठा बुक गरिएको बताइन्छ । प्रधानमन्त्री बालेनको बसाइका लागि काठमाडौंबाटै सुरक्षा जाँच र प्रबन्ध मिलाउनका निम्ति टोली अस्ताममा पहिल्यै आइसकेका छन् ।
प्रधानमन्त्री बालेनले कहाँ-कहाँ भ्रमण गरेर अन्नपूर्ण भिलेजमा बास बस्ने हुन्, के-के कार्यक्रम छन् भन्ने सार्वजनिक भइसकेको छैन ।
कास्की र मुस्ताङका प्रमुख जिल्ला अधिकारीहरूले आफूहरूलाई औपचारिक जानकारी नआएको बताएका छन् ।
प्रधानमन्त्री बालेन बस्ने अन्नपूर्ण इको भिलेज विश्व अधिकारी परिवारले चलाएका हुन् । यो रिसोर्ट प्रकृति, ध्यान, परम्परा र आथित्यतालाई जोडेर निर्मार्ण गरिएको छ । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लुअगायतका हिम शृङ्खलासँगै सुन्दर दृश्वावलोकन गर्न सकिन्छ ।
यहाँ साधारणतया १५ देखि २० वटा परम्परागत शैलीका कोठाहरू प्रयोग गरेर आरामदायी कोठा निर्माण गरिएका छन् । परम्परागत रूपमा ढुंगा कुदेर, काठ प्रयोग गरेर बनाइएको रिसोर्टबाट देखिने दृश्यका कारण पनि चर्चित छ ।
यो वातावरणमैत्री र प्रांगारिक अवधारणामा सञ्चालित ग्रामीण रिसोर्ट हो । रिसोर्टमा सौर्य ऊर्जा, पानी पुनः प्रयोग गर्ने प्रविधि र स्थानीय प्राकृतिक स्रोत साधनको प्रयोग गरिएको छ ।
रिसोर्टमै आफ्नै प्रांगारिक फार्म छ । जहाँ फलफूल, तरकारी र अन्य खाद्यान्न उत्पादन गरी पाहुनाहरूलाई ताजा र पौष्टिक खाना खुवाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको छ ।
शहर नजिकै तर ग्रामीण र प्राकृतिक स्वाद मिल्ने रिसोर्टमा ध्यानका लागि धेरै विदेशी जाने गरेका छन् । योग र प्रकृतिसँग समय बिताउन चाहनेहरूका लागि अन्नपूर्ण इको रिसोर्ट रोजाइमा पर्ने गरेको छ ।
यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य निकै आकर्षक देखिन्छ । योग, ध्यान तथा वेलनेस सत्रका लागि खुला तथा शान्त ठाउँहरू र अस्ताम आसपासका डाँडाकाँडा, जंगल र स्थानीय गाउँहरूमा छोटो हाइकिङ वा प्रकृति पदयात्राका लागि पनि यो ठाउँ प्रख्यात छ ।
सम्बन्धित खबर
रास्वपामा को–को भए पदाधिकारी ? भूपदेव, सुनिलदेखि सुधनसम्म रास्वपाको केन्द्रीय समितिमा मनोनयन
प्रधानमन्त्री बालेन पोखरा आइपुगे, अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा बस्ने तयारी
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
बालेन सरकारको शक्तिको स्रोत आर्मी, अल्गोरिदम र अमेरिका हो: एमाले नेता बादल
मन्त्री र सांसदलाई रविको निर्देशन: अमर्यादित गतिविधि गरेर रमिता नदेखाउनू
मन्त्री फेर्ने तयारी छैन: रवि लामिछाने
यो पनि पढौँ
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?