निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

निकासी कर नतिरी खसी–बोका ओसार्ने बोलेरो जरिवानामा

Bolero truck transporting goats fined

स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी खसी–बोका ओसारपसार गरिरहेको बोलेरो जिपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार बुधबार साँझ प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको गस्ती टोलीले बिरुवा गाउँपालिका–४ बाँहुदेखि स्याङ्जा सदरमुकामतर्फ आउँदै गरेको ग ३ च ३१८४ नम्बरको बोलेरो जिप चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा पालिकामा बुझाउनुपर्ने निकासी कर नतिरी ३२ वटा खसी–बोका ओसारपसार गरिरहेको भेटिएपछि प्रहरीले जिप नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि जिपलाई बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो । गाउँपालिकाले जिपधनीलाई पाँच हजार छ सय रुपैयाँ जरिवाना गरी छाडेको सूचना अधिकारी अवस्थीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ