रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्याङ्जाका चार स्थानीय तहले १६ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।
बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखालगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै स्याङ्जाका स्थानीय तहले पालिकाको तर्फबाट तथा जनप्रतिनिधि र कर्मचारीबाट समेत रकम संकलन गरी सहयोग गर्न लागेका हुन् ।
भीरकोट नगरपालिकाले संस्थागत रूपमा पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । साथै जनप्रतिनिधि तथा कर्मचारीबाट थप दुई लाख रुपैयाँ सहयोग गर्ने र कर्मचारी तथा शिक्षकको पाँच दिन बराबरको तलब सुविधाबाट समेत रकम संकलन गर्ने जनाएको छ ।
चापाकोट नगरपालिकाले राहत तथा उद्धारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाका जनप्रतिनिधिको पाँच दिन बराबरको तलब–भत्ता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको छ ।
हरिनास गाउँपालिकाले पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै, अर्जुनचौपारी गाउँपालिकाले बाढीपहिरो प्रभावितका लागि एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
स्याङ्जाका ११ स्थानीय तहमध्ये अन्य पालिकाले पनि बाढीपीडितको राहत तथा उद्धारका लागि आवश्यक सहयोग गर्ने जनाएका छन् । घोषित चार पालिकाको संस्थागत सहयोग मात्रै १६ लाख रुपैयाँ पुग्नेछ भने जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट हुने थप सहयोग यसमा जोडिनेछ ।
पालिकाहरूले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
सम्बन्धित खबर
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
अवैध रूपमा बालुवा ओसार्ने ट्याक्टरलाई तीन हजार रुपैयाँ जरिवाना
स्याङ्जामा फरार तीन प्रतिवादी पक्राउ
कांग्रेस सभापति थापा आज स्याङ्जा आउने
यो पनि पढौँ
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
मुग्लिन–नारायणगढ सडक भोलिदेखि आंशिक बन्द हुने, दैनिक ५ पटक समय निर्धारण गरेर मात्र खुल्ने