निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

निकासी कर नतिरी १५० ब्रोइलर कुखुरा ओसार्ने जीपलाई जरिवाना

Jeep carrying chickens fined

स्याङ्जाको बिरुवा गाउँपालिकामा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी ब्रोइलर कुखुरा ओसारपसार गरेको जीपलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार शनिबार प्रहरी चौकी बिरुवाअर्चलेबाट खटिएको टोलीले बिरुवा गाउँपालिका–१ कटहरेमा बलेरो जीप जाँच गरेको थियो ।

जाँचका क्रममा बीएए २८४९ नम्बरको बलेरो जीपमा पालिकालाई बुझाउनुपर्ने निकासी कर नतिरी १५० वटा ब्रोइलर कुखुरा ओसारपसार भइरहेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले जीप नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि बिरुवा गाउँपालिकाको कार्यालयमा बुझाएको थियो । गाउँपालिकाले जीपलाई एक हजार पाँच सय ५० रुपैयाँ जरिवाना गरेको र त्यसपछि छाडिएको डीएसपी अवस्थीले जानकारी दिए ।

प्रहरीका अनुसार पालिकाले तोकेको निकासी कर नतिरी कृषि तथा पशुजन्य सामग्री ओसारपसार गर्ने सवारीमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइनेछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ