चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

चापाकोटका वडा अध्यक्षमाथि मोसो छ्यापियो

moso-chapakot-1-bhupraj-wosti

स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडा अध्यक्ष भूपराज ओस्तीमाथि मंगलबार मोसो छ्यापिएको छ । वडामा सार्वजनिक सुनुवाइ गर्ने विषयमा पटक–पटक सहमति जनाए पनि कार्यान्वयन नगरेको आरोप लगाउँदै आएका केही युवाले वडा अध्यक्षमाथि मोसो छ्यापेका हुन् ।

मोसो छ्याप्ने समूहमा को–को संलग्न थिए भन्ने खुलेको छैन । घटनामा संलग्न कसैलाई पनि हालसम्म पक्राउ गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौर र प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधिमाथि यस प्रकारको व्यवहार गर्ने जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले घटनामा संलग्नलाई नियन्त्रणमा लिने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको र दोषी पहिचान भएपछि कानुनअनुसार कारबाही हुने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ