स्याङ्जाको बिरुवा गाउँपालिकाले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका बाढीपीडितको उद्धार तथा राहतका लागि ३० लाख ७५ हजार ५८ रुपैयाँ सहयोग गर्ने भएको छ ।
गाउँ कार्यपालिकाको भदौ १६ गतेको निर्णयअनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा जम्मा गरिने भएको छ ।
यस्तै, गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको सेवा सुविधाबाट १० दिन बराबरको दुई लाख तीन हजार चार सय ५० रुपैयाँ सहयोग गरिने जनाइएको छ ।
अधिकृतस्तरका कर्मचारीको सात दिन, सहायकस्तरका कर्मचारीको पाँच दिन तथा श्रेणीविहीन कर्मचारीको दुई दिन बराबरको तलबबाट चार लाख ९९ हजार छ सय ४५ रुपैयाँ जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।
त्यसैगरी, माध्यमिक तहका शिक्षक, निम्नमाध्यमिक तह प्रथम र द्वितीय श्रेणीका शिक्षक तथा प्राथमिक तह प्रथम श्रेणीका शिक्षकको सात दिन, निम्नमाध्यमिक तह तृतीय तथा प्राथमिक तह द्वितीय र तृतीय श्रेणीका शिक्षकको पाँच दिन र बालविकास सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको दुई दिन बराबरको तलबबाट १८ लाख ७१ हजार नौ सय ६३ रुपैयाँ सहयोग गरिने भएको छ ।
बिरुवा गाउँपालिकाले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा संघसंस्थासँग सहकार्य र समन्वय गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला