वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

वडा अध्यक्षमाथि मोविल छ्याप्ने वडा सदस्य पक्राउ

arrested-file-pic

स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भूपराज वोस्तीमाथि मोविल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन् ।

मंगलबार दिउँसो १ बजे चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वोस्तीको शरीरमा मोविल छ्याप्ने कार्यमा संलग्न रहेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

पक्राउ परेका थापा मगर सोही वडाका वडा सदस्यसमेत हुन् ।

उनलाई भदौ १७ गते स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्नता र घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds