स्याङ्जाको पुतलीबजार नगरपालिकाले रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितका लागि २७ लाख ३९ हजार ८ सय ५८ रुपैयाँ सहयोग गर्ने भएको छ ।
नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको भदौ १५ गते बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
निर्वाचित जनप्रतिनिधिले पाउने मासिक सेवा सुविधाबाट नगरप्रमुख र उपप्रमुखले १५/१५ दिनको, वडाध्यक्ष तथा कार्यपालिका सदस्यले १०/१० दिनको र वडा सदस्यले आफ्नो सेवा सुविधाबाट जनही चार हजार पाँच सय रुपैयाँका दरले गरी तीन लाख ८८ हजार सात सय ५० रुपैयाँ सहयोग गर्ने भएका छन् ।
त्यस्तै, नगरपालिकाको कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत राष्ट्रसेवक कर्मचारीमध्ये श्रेणीविहीन कर्मचारीको दुई/दुई दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीको पाँच/पाँच दिन र राजपत्रांकित तृतीय तथा द्वितीय श्रेणी वा सोसरहका कर्मचारीको सात/सात दिनको तलबबाट १२ लाख ५१ हजार एक सय आठ रुपैयाँ सहयोग गरिने भएको छ ।
नगरपालिकाले ११ लाख रुपैयाँ बराबरको वस्तुगत सहयोग समेत गर्ने निर्णय गरेको छ । उक्त रकमबाट दैनिक उपभोग्य सामग्री खरिद गरी बाढीपीडितलाई उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा