भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका स्याङ्जाको भीरकोट नगरपालिका–५ पकानका ७३ वर्षीय कृष्णप्रसाद अर्याल र ६७ वर्षीया राधा अर्याल दम्पतीको कुशको शव बनाएर हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।
रसुवाको गोसाइँकुण्ड दर्शनका लागि जाने क्रममा भदौ १० गते उनीहरू सवार सवारीसाधन भोटेकोशीको बाढीमा परेको थियो । त्यसपछि दम्पती सम्पर्कविहीन भएका थिए । परिवार र आफन्तले घटनास्थलदेखि मृतकको शव राखिएको अस्पतालसम्म खोजी गरे पनि कुनै जानकारी नपाएपछि जीवित नरहेको निष्कर्ष निकाल्दै अन्तिम संस्कार गरिएको हो ।
दम्पतीका छोरा प्रकाश अर्याल नुवाकोटको बट्टारस्थित गरिमा विकास बैंकमा कार्यरत छन् । भदौ १० गते बिहान करिब ६ बजे काठमाडौंस्थित घरबाट गाडीमा निस्किएका कृष्ण र राधा बट्टार पुगेर छोरा प्रकाशसँग भेटेका थिए । प्रकाशले बिहान ८:४५ बजे उनीहरूलाई गोसाइँकुण्डतर्फ बिदाइ गरेका थिए ।
बिदाइ गरेको करिब आधा घण्टामै भोटेकोशीमा बाढी आएको र त्यसपछि आमाबुवासँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ । बाढी आएलगत्तै उनीहरू सवार गाडीसमेत बेपत्ता भएको जानकारी प्रहरीलाई गराइएको थियो । मोबाइल ट्र्याक गर्दा उनीहरूको अन्तिम लोकेसन टुकुचे देखिए पनि गाडी र दम्पती दुवैको अवस्था पत्ता लाग्न सकेन ।
आठौं दिनसम्म पनि कुनै खबर नआएपछि हिन्दू परम्पराअनुसार पशुपति आर्यघाटमा कुशको पार्थिव शरीर बनाएर दम्पतीको बिहीबार अन्त्येष्टि गरिएको भाइका छोरा युवराज अर्यालले बताए ।
अन्त्येष्टिपछि परिवार काजकिरियामा जुटेको छ । अर्याल दम्पतीका दुई छोरा छन् । एक छोरा विदेशमा छन् भने अर्का काठमाडौंमा बस्दै आएका छन् । केही वर्षयता कृष्ण र राधा छोराबुहारीसँगै काठमाडौंमा बस्दै आएका थिए ।
बाढीपछि लामो समयसम्म आफन्तले उनीहरू जीवितै भेटिने आशा राख्दै खोजी जारी राखेका थिए । तर कुनै संकेत नपाएपछि परिवारले बाध्य भएर धार्मिक संस्कार पूरा गर्दै अन्तिम बिदाइ गरेको हो ।
सम्बन्धित खबर
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
माइक्रोबसको ठक्करबाट महिला घाइते
स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस
कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै युवा उद्यमी भरतराज ढकाल
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने