पोखरा, २२ भदौ । नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन एवम् १८ औं वार्षिक साधारण सभाले मनकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल, सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री, माधव शरण पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सोमनाथ पौडेल पदेन सदस्य (माछापुच्छ«े गाउँपालिका) र हेम रानाभाटलाई सदस्यमा मनोनित गरिएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकार समाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रदेश सरकारले प्रविधि मैत्री र सीपमुलक व्यवसायीक शिक्षालाई प्रमुख प्राथामिकतामा राखेको बताईन् ।
‘युग सापेक्षीत शिक्षामा हामी अगाडि बढ्न सकेनौ भने शिक्षामा हामीले चाहेको प्रगति गर्न सक्दैनौं’ उनले भनिन्, ‘यसका लागि शिक्षा क्षेत्रमा काम गर्ने हामी सबैको एकता, सहकार्य र समन्वयको जरुरी छ ।’
उनले संस्थागत विद्यालयका समस्यहरु समाधन गर्नका लागि प्रदेश सरकारको ढोका सधै खुल्ला रहेको जानकारी दिईन् । ‘शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्ने काममा संस्थागत विद्यालयको योगदानलाई नकार्न सकिदैन’ उनले भनिन्, ‘संस्थागत विद्यालयका समस्याहरुलाई सहजिकरण गर्नका लागि संस्थागत विद्यालयलाई प्रदेश सरकारको ढोका सधै खुल्ला रहनेछ ।’
नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवाष न्यौपानेले संस्थागत विद्यालयको सहभागिता विनाको शिक्षा परिकल्पना समेत गर्न नसकिने स्पष्ट पारे ।‘पछिल्लो तथ्याड्ढले पनि शैक्षिक क्षेत्रमा ३८ प्रतिशत योगदान संस्थागत विद्यालयको रहेको देखिएको छ’ उनले भने,‘ शिक्षामा यति ठूलो क्षेत्र ओगटेको संस्थागत विद्यालयलाई बाइपास गरेर ऐन नियमहरु ल्याउन खोजिएमा हामीलाई किमार्थ स्विकार्य हुनेछैन् ।’
कार्यक्रममा गण्डकी प्रदेश सरकार प्रेस रजिष्ट्रार कार्यलय गण्डकीकी प्रेस रजिष्ट्रार विमला भण्डारीले प्रविधिसँग जोडेर अवको शिक्षालाई अगाडि बढाउनु पर्ने बताईन् । गण्डकी प्रदेश सरकार समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय शिक्षा विकास महाशाखाका निर्देशक घनश्याम पौडेलले संस्थागत र सामुदायिक विद्यालयले गरेका असल अभ्यासहरुलाई एक आपसमा साटसाट गर्न सके शिक्षामा फड्को मार्न सकिने बताए ।
राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, गण्डकी प्रदेशका प्रमुख सुबाश पन्तले नेपाल सरकारले जारी गरेको पाठ्यक्रममा निर्धारित भएर कक्षा सिकाई गराउन सकेमा परीक्षामा विद्यार्थीलाई समस्या नआउने उल्लेख गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ प्रा.डा. कुसुमाकर न्यौपाने, पोखरा प्रज्ञा प्रतिषठनकी कुलपति प्राज्ञ सरस्वती प्रतिक्षा, प्राज्ञ सभा सदस्य प्रेमराज अधिकारीलाई बधाइ ज्ञापन गर्दै दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा नेसनल प्याब्सन कास्कीका सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष राजु केसी र लेखा समिति संयोजक दिपु भारीले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपति प्राज्ञ सरस्वती प्रतिक्षा, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका पूर्व सदस्य सचिव तेज बहादुर गुरुङ, प्याब्स्युका केन्द्रीय अध्यक्ष शिबलाल उपाध्याय, नेपल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिव सुरेन्द्र बास्तोला, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले बोलेका एन प्याब्सनका हरेक गतिविधि उत्कृष्ट रहेको बताएका थिए ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
भोटेकोशी बाढीपछि सम्पर्कविहीन आठ जनाका परिवारबाट डीएनए नमुना
अवैध रूपमा कंक्रिट ओसारपसार गर्ने टिप्परलाई २५ हजार जरिवाना
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
२५ वर्षदेखि छाङछाङदीमा बस्दै आएका साधु वालिङमा मृत फेला
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी